Thursday, July 30, 2020

कुरो: कम्प्युटर देखि कोरोना सम्मको

तोलाको  सात हजार हुँदा सुन किन्नेहरू अहिले लखपति भए, पचास हजारमा घडेरी जोड्नेहरू अहिले करोडपति भए, आफू अबको जमाना कम्प्यूटरको हो भनेर   उसबेलाको पचास हजार नगदमा कम्प्युटर ल्याएँ।
 उसबेलाको कम्प्युटर अहिले के काम? स्लो र ह्याङ। 
लात्ताले हानियो ड्याङ ड्याङ् । रिसले कन्सिरी ताते।
आँखा रसाए। गलेर झकाए।नेपथ्यमा कवाडी करायो।
आँखा खोलेर कवाडी बोलाए।
"भैया, कति आउँछ दाम?"
"वर्षों चलाएर हजुरले निकाल्नु भयो लाखौंको काम, अब यसको के आउँछ दाम? तीन सय दिन्छु...

तीन सय समाए। उबेलाको आफ्नो लगानी सम्झेर रनन भएँ, अनि त्यो  पैसोमा पचास रुपैया थपेर एक बोत्तल चिसो बियर पिए। एकक्षण शान्ति भयो।
कवाडी फेरि करायो "खालि सिसी पुरानो कागज"

बियरको खालि बोतल बेचेर चुना वाला खैनी पड्काए।त्यसका बाजे खैनिकोको धुलोले हाछ्युँ आयो।ज्यू तातेर जरो आयो। पैसो थिएन।त्यसले औषधि पसलबाट एकपातो सिटामोल बाँकीमा ल्याएँ।

जरो घटेन, घाँटी र जीउ दुख्न थाल्यो।

स्वाब जचाउँदा कोरोना पोजेटिभ पाएँ। सित्तैमा दिएको मास्क लाए। चौध दिन सम्म सरकारी जाउलो खाए।जरो आउन छाड्यो।बाँचियो भनेर बेस्सरी कराएँ।नाङ्लो पसल थापेर,  पूर्पुरो मा हात राखी मनमनै बर्बराए "आखिर मैले के बिराए" 😃😎

नोट: यो नितान्त काल्पनिक कथा हो।कसैको कुरो यसमा मिले सन्योग मात्र हुनेछ।