मलाई मन पर्ने यस एतिहासिक भनिएको घटाना
यशोधरा: बुद्धत्वको छायामा हराएकी एक उज्यालो व्यक्तित्व
यशोधराको नाम लिँदा प्रायः बुद्धकी पत्नी र राहुलकी आमाको छवि मात्र हाम्रो मनमा आउँछ। तर यशोधराको कथा त्यसभन्दा धेरै गहिरो छ। उनी प्रश्न गर्ने, अन्यायको विरोध गर्ने र आफ्नो आत्मसम्मानलाई महत्व दिने साहसी महिला थिइन्।
बाल्यकालदेखि नै यशोधराले समाजमा रहेको असमानतामाथि प्रश्न उठाउँदै आएकी थिइन्। पुरुष र महिलाका लागि फरक नियम किन? महिलाले किन आफूलाई अरूको निर्णयमा सीमित राख्नुपर्ने? यस्ता प्रश्नले उनको व्यक्तित्वलाई विस्तारै बलियो बनाउँदै लगे।
सिद्धार्थसँग विवाह भएपछि उनले दरबारको सुविधा त पाइन्, तर स्वतन्त्रता गुमाउँदै गइन्। दरबारका अग्ला पर्खालभित्रको जीवनले उनलाई आफ्नो पुरानो खुला संसार सम्झाइरह्यो। सिद्धार्थसँग बाहिरी संसार देखेपछि भने उनीहरूले जीवन, प्रकृति र दुःखलाई नयाँ दृष्टिले अनुभव गरे।
तर यशोधराको सबैभन्दा पीडादायी क्षण त्यतिबेला आयो, जब सिद्धार्थ ज्ञानको खोजीमा दरबार छाडे। पछि राहुललाई पनि ज्ञान प्राप्तिको बाटोमा लैजाँदा एक आमाको हृदयले भोगेको वियोग लेखले अत्यन्त मार्मिक रूपमा प्रस्तुत गर्छ।
बुद्धको ज्ञान र यात्राले संसारलाई उज्यालो दियो। तर त्यस उज्यालोको छायामा यशोधराको त्याग, प्रश्न र संघर्ष धेरै हदसम्म ओझेलमा परे। यही कारण यशोधराको कथा केवल बुद्धसँग जोडिएको कथा होइन, आफ्नो अस्तित्व र आत्मसम्मान खोज्ने एक महिलाको कथा पनि हो।
यशोधराको जीवनले एउटा महत्वपूर्ण प्रश्न छोड्छ: इतिहासले महान व्यक्तिहरूलाई सम्झँदा उनीहरूको यात्रामा मौन रूपमा साथ दिनेहरूको कथा कति सम्झिन्छ?
