Saturday, June 20, 2015

कुरा बिदेसिनेका

बिदेसिने किन? कसले रोक्ने ?

हाम्रो देशमा कोइ अमेरिका, युरोप ,अस्ट्रेलिया, मलेशिया र खाडी राष्ट्रमा लालायित हुन्छन l सबै भन्दा बढी खुसी कती बेला हुन्छौं भनेर सोध्यो भने अमेरिकाको भिषा पाएको दिन भन्छन l  एउटा आम नेपालीले, समृद्ध हुनाका लागि  के खोज्छ सरकारलाई थाहा नै छैन l हरेक दिन यहाँ २ हजार राहदानी बन्छन, करिब १५ ०० जना नेपाली विदेश जान्छन l आमा बाले अव त , विदेश गएर कमाएस भनेर आशिर्बाद दिन थाले l नेता लाई त कुर्सी मात्रै चाहिएको छ l इंडियामा बनेको १६०००० को न्यानो कारलाई १०००००० तिरेर, ५०००० को बाइकलाई २००००० तिरेर सरकारकले हामीलाई के दियो ? त्यो हेर्दैनौ हामी, ढाका, भादगाउले टोपी, दौरा र कुर्ता सुरवाल ,बख्खु र धोति गम्छामा मख्ख छौ हामि , यसरी कती दिन देश रहला?
यस्तो पाराले देशको  संबिधान कैले  बन्ला ?

दल, जाती  र धर्मका नाममा बिभाजित हुन् लागेको हाम्रो देश !
यस्तो डढेलो लाग्नु भन्दा त अखण्ड नेपाल नै कती बेश कती बेश !!
केही वर्षा अगाडी

पहिले दलले बन्द गर्थे अब जातले शुरु गरे !
जाती पनि कस्ता होलान लड्न अघि सरे !!
फाइदा लिने दलका नेता जाती चाही लड्ने !
यस्तो लडाई लडी हामी कसरि अघि बढ्ने !!
भाई भाई लडी किन मिच्छौ आफ्नै आगन !
यस्तै चालले कैले आउला हाम्रो संबिधान !!
नेताहरु यस्तै नै हुन्छन त 

मलाई सानो छदा को एउटा कुरा याद आयो ,, हामी सानो छदा दिदि दाई ले हामी लाई भुलाउन जोक्स हरु भन्नु हुन्थियो ,,
एउटा कक्ष्या कोठा लाई ३ भाग मा बाडेर
पहिले भाग मा बस्ने हरु धेरै डाक्टर , बैद्य, अनि बायु यान चालक हुन्छन ,
दोस्रो भाग मा बस्ने हरु , मास्टर , सचिब , पत्रकार , उधमी ,,,,
लास्ट भाग मा बस्ने हरु ,, पछाडी बसेर खाली गफ गरेर बस्ने , अनि तिनी हरु धेरै बोलेर नेता हुन्छन रे , अनि तिनी हरु सबै ले पछी देश चलाउछान,
यो वास्तविकता नै रहेछ , जसको फल आज हामि भोगी रहेका छौ

वर्तमान परिप्रेक्षमा मलाई यसो भन्न मन लग्यो 


"नेता, नाटक, भोट र खोट "
══════════════════════════════════════
नेता तिनै पार्टी तिनै ,कती सुन्नु हौ एउटै खबर छिन छिनै !
भाषा तिनै गाली तिनै, कती हेर्नु हौ एउटै नाटक दिन दिनै !!


हेर नेता, बदल तिम्रा फेटा ,नत्र चुनाबै गरेनी कल्ले दिन्छ तिम्लाई भोट !
फुकाल त्यो कोट , फिर्ता गर नोट, अब चै थाहा भो नियत मै थियो खोट !! ══════════════════════════════════════

नेता नेता मिलेर जनतालाई बेबकुफ त बनाई रहेका त छैनन् ?

यो एउटा सत्य हो उनीहरु हात मिलाउछन अँगालो हाल्छन भाला कूसारी गर्छन संगै अन्डा र टोस्ट खान्छन चिया लगायतका पेय पिउछन, संगै ५ तारे होटेल र रिसोर्टमा घन्टौं मस्ती साथ बिताउछन् तर पर्दा पछाडी मकुरिका जाल बुन्छन !यस्ता देशको सम्पती खाएर जनता झुक्याउने नेताहरु खुल्ला मंच बाट बडो मिठो र रसिलो बोल्छन फेरी पछी उही पर्दा पछाडी जालो बुन्छन !म यस गीतका गीतकार.. र गायक आनन्द कार्की लाई सलाम गर्दछु !र देशको वर्तमान स्थिति बाट चिन्तित सम्पूर्ण साथी आफन्तहरुमा यो मिठो गीत प्रचण्ड शुसिल झले मिल्छन यहाँ पर्दा पछाडी नै समर्पित गर्दछु ! जय होस् !! 


यी ६०१ जनाले हामीले तिरेकै करबाट उठेको रकमबाट तलब भत्ता जे जती लिए , त्यो सबै संबिधान बनाउनक लागि लिए, संबिधाननै नबने पछी, के नेपालको प्रचलित कानुनको हिसाबले कुनै कानुनी उपचार छैन! यी भाते हरुलाई जेल सजाय सहित यिनीहरुले सो रकम ब्याज सहित राष्ट्रको ढिकुटीमा जम्मा गर्नु भनेर मुद्दा हाल्न मिल्ने हो होइन ?..लु न विचार गरौ !
तर्क अनुसार त मिल्ने जस्तो देखिन्छ ...तर कानूनका बिध्यार्थी वा ज्ञाता पनि केहि भन्नु पर्यो ..तर पक्कै पनि यो आम नागरकिको चासोको प्रश्न चाही हो है !
यसो हेर्दा त ठगीको मुद्दामा सभामुख सहित ६०१ लाई मुद्दा हाल्न सक्ने देखिन्छ ...कुनै काम गर्ने भनेर जिम्मा लिने ज्याला पनि लिने तर गर्न नसक्ने !!