Saturday, October 24, 2015

के डा. गोविन्द केसी पागल हुन् त ?

के डा. गोविन्द केसी पागल हुन् त ?


आज कल सब्बैलाई पैसा कमाउने धुनमा, आफ्नो स्वाथ्य को ख्याल कम गरेर होला मान्छे कुनै न कुनै रुपमा शारीरिक र मानसिक रुपमा पिडित छन् l  यो दौडधुपको जमानामा बिरामीहरुले राम्रो उपचार दक्ष चिकित्सकबाट  पाउनु पर्ने कुरामा कुनै दुबिधा छैन l यस सत्कर्ममा डा. गोविन्द केसीले गर्नुभएको पहल/ आन्दोलन एकदमै स्वागत योग्य छ l
वहाले सातौ आठौ पटक सम्म अनसन बसेर गर्नु भएको आन्दोलनले चिकित्सक उत्पादन गर्ने पाठशालालाई ब्यापारीकारण नहोस भन्नेमा सारा नेपाल एकमत छन l  तर उनका बिरुद्ध बोल्नेले उनलाई  “पागल” को संज्ञा  दिए तर दुर्भाग्यबस ति पागलको संज्ञा  दिने पनि चिकिस्तक नै हुन् भन्ने हामी सब्बैलाई थाहा नै छ l
अब यहाँ प्रश्न उठ्न सक्छ यसरी पागलको संज्ञा दिदा पनि किन चिकिस्ता जगत शुभ चिन्तक र राज्य  यस बिषयमा मौन रहे l  यसरी खुलेआम मिडियाका सामुन्ने भनेको बिषयले ठुलो अर्थ राख्त्यो तर डा. केसी प्रति लगाइएको आरोप सब्बैले एक कान बाट सुनेर अर्को कान  बाट उडाईदिए l
राज्यको कानुनले कसैलाई गाली गलोज गरि हुदै नभएको शब्द को उपमा राखी मान हानी हुने गरि बोलेमा कानुनी उपचारको व्यवस्था गरेको छ l  यस्तो परिस्थितिमा पनि कसैले यस प्रति बिरोध गरेको देखिएन ?
त्यसो भए के डा. केसी पागल हुन् त?
केहि समय अगाडिको एक टिभीलाई दिएको अन्तर्वार्तामा उनले यसो भनेका थिए l
म संग मोबाइल फोन छैन lसवारी साधन छैन l पकाएर खाने कुरा म खादिन l दहि चियुरा पाउरोटी इत्यादिले मेरो छाक टर्छ l कहिले कहिँ फुर्सद मिल्यो भने आफन्त (भाइहरु )को मा गएर भात खान्छु l म जति तलब थाप्छु ति सबको औषधि किनेर नेपालका विभिन्न ठाउँमा गएर हेल्थ क्याम्प चलाएर बिमारी हरुको जाची आवस्यक औषधि वितरण गर्छु l देशमा होस् या बिदेशमा बिपत्ति तथा महमारीमा तुरुन्तै भोक तिर्खा इत्यादिको पर्वाह नगरी दिनरात बिरमिकों सेवामा लागि रहन्छु l
 यी माथि भनिएका कुराहरु सामान्य हुन् या असामान्य l यदि असामान्य हुन् भने,  समन्धित निकाय वा मनोचिकित्सकहरुले भन्नु पर्यो l
अर्को महत्वपूर्ण कुरा किन यिनी मात्रै अनसनमा बस्छन? देशमा चिकित्सक हरुको संगठन छ l मेडिकल काउन्सिल जस्ता संस्था छन् lकिन इन्लाई मात्रै यस बिषयले छुन्छ l किन अन्य चिकित्सकहरु चाही अनसन बस्तैनन l या अन्य चिकित्सकले यिनलाई सघाउने हिसाबले अनसन बस्छु भन्दा यिनले अन्यलाई दिदैनन? या अनसनको प्रकृति फेरेर रिले अनसन बसौ न भन्दा पनि यिनी मान्दैनन ?या चिकित्सक समाजले यो यस्तै जिद्दी हो भनेर डा. बन्सिधर मिश्रले भनेको “पागल” शब्दलाई मौन समर्थन गर्दछन l
आम मान्छेको कुरा गर्दा, भोजपुरका मुकन्द घिमिरे जो रत्नपार्क तिर रुखमा चढेर देशलाई भोजपुरमा मोही खाएर काठमाडौँमा पिसाब फेर्न आउने गरि बिकाशको मोडेल सुनाउथे l तर यिनलाई   पुलिसले र माओबादीहरुले कुटपिट गरेर यातना दिए l सायद इनले भनेको कुरा मैले देखेको / भोगेको छु l चीनको संघाई देखि हंगझौ जो करिब ३५० किमी भन्दा बडीनै छ l केवल ५० मिनेटमा यात्रा गरेको छु , चिनमा यस्ता द्रुत गतिका रेलहरु करिब ४०० किमी प्रति घन्टाको दुरीमा चल्छन lत्यसैले म भन्छु मुकुदले गलत भनेका थिएनन l ४०० किमी प्रति घण्टा कुद्ने रेलले उनलाई भोजपुरमा मोही खाएर काठमाडौँमा पिसाब फेराउन ल्याई पुराउथ्यो या पुर्याउछ l
मुकंदले सायद त्यहि बिकासको मोडेलका कुरा गरेका होलान l यिनै मुकुन्देलाई एक पटक पुलिसले पागल हो कि क्या हो? भनेर लगनखेल स्तिथ मानसिक अस्पतालमा पुर्यायो l लौ मलाई पागल घोषित गर्न खोज्ने हो  “लु आओ चेस (बुद्दिचाल) खेल्न”  भने पछी, पुलिसले इन्लाई छोडेको समाचार आएको थियो l यस पछी यिनी आफ्ना कुरा राख्न सामाजिक संज्जाल आए l सामाजिक संजाल फेसबुकमा गज्जबले छाए l अझ ट्वीटरमा त इनी यस्तरी छाए कि, सेलिब्रिटी झैँ हजारौ फोलोवर छन् l दैनिक सयौको संख्यामा फोलोवर बढ्छन l यिनका त्वित मा आर टि र फेव ओइरो लाग्छ l
यसरी समाजमा फरक ढंगले प्रस्तुत हुनेहरु असामान्य लग्दछन l तर यस्ता मान्छेलाई साथ दिन हिच्किच्याउने हरु नै समाज बिकाशक बाधक हैनन् र l

हाम्रो देशमा बिदेसिन लाखौ खर्च गरेर बिदेसिन्छन l के डा. केसी र ओवरसिएर मुकुन्दले यस्ता बिसिने लाई राम्रो संदेश दिएका छन् l