सानै देखी भुडिका बारेमा धेरै सुनियो। अहिले सम्झदा ति सुनेका कूरा कति राम्रै सुन्या रैछ कति नराम्रा पनि सुन्या रैछ भन्ने निष्कर्षमा पुगेर यो भुडीका कूरा लेख्ने जमर्को गरियो।
अक्सर पुरातन सोच भएका बूढा बूढी अझ पनि मोटाएछौ कस्तो राम्रो देखिएको भुड़ी पनि लागेछ भन्ने गर्छन।यस्ता कॉम्प्लिमेंट सुनेर मख्ख परी भुडी मुसार्ने पनि प्रसस्तै भेटिन्छन।तिनै भुडिहरु यसरी भुड़ी बढ्नु रोगको कारक भएको थाहा पाए पछि भुड़ी मुसार्न छोडेर अब यो भुड़ी कसरी घटाउने भनेर भबुक भएका उदाहरण पनि भेटिन्छन।पानी मात्रै पिउदा पनि भुड़ी घटेन भनेर सुनाउने आफन्त र साथीहरु पनि भेटिन्छन।
आजकल भुडीहरु धेरै पीडित देखिन्छन।सायद इनका भुडिम भन्दा दिमाग तीर धेरै आहार पुग्न थालेर होला।भुडीहरु गूगल तीर गएर तिनका आकर कसरी घटाउने भनेर खोज्ने धेरै भेटिन्छन भन्ने सजिलै बुझ्न सकिन्छ। गूगलमा कसरी घटाउने भन्दा प्रेडिक्शनमा आउने पेट शब्दले यो कुरालाई पुष्टि गर्दछ।
लाख़ौका औषधि उपचार, साधन, यन्त्र, ब्यायम लगायतका उपाय भेटिन्छन त्याता। त्यसै गरी टीभी च्यानलतीर देखिने पेट घटाउने , ग्रीन टी, ब्यायम गर्ने मेसिनहरु धमाधम किनी भुड़ी घटाउनेको जमात पनि कम छैन होला।
भनीन्छ अक्शर सबै बीमारिको जड़ भुड़ी नै हो। कोची कोची खाने, थपि थपि खाने, जिम जाने, सिक्स प्याक बनाउने, ग्यास्ट्रिक भयो भनी टाउको कन्याउने सबका सब पीड़ित छन।
ग्यास्ट्रिकका गोली खादा खादा वाक्क भएर विरक्तिएका भुड़ीहरु यो खादा पनि भएन उ खादा पनि भएन के गर्ने भन्दै बर्बराएको सुन्नु कुनै अनाैठो कुरो होइन।