Friday, July 26, 2019

कुरो कामको, जागीरको

एक निजी कम्पनीको कारिन्दा
सधै सोच्थ्यो, आफ्नो मालीकको भलो।मन लग्गएर काम गर्थ्यो।उसलाई लाग्थ्यो
यो शहरको धेरै भोक , रोग र अभावको ईश्वर हो मेरो मालिक ।
एकदिन उसले मालिकसँग भन्यो - सर, हजुर मेरो लागि ईश्वर हो ।हजुरकै वरदान हो यो जीवन ।यसपाली जन्मदिन धुमधामले मनाउँछु ।छुट्टी दिए अझ आभरी हुने थिए।
मालिकले भन्यो "मेरो कृपाले तिमी धेरै वर्ष बाँच्छौ।
आजकल धेरै काम छ, अर्को वर्ष मनाउनु जन्मदिन, हुन्न"?
उस्ले मालिकको कुरा मान्यो र "हुन्छ"भन्यो। मालिकले कुनै न कुनै दिन दया गर्ला भन्ने उस्को मनमा थियो।
त्यसैले उ धैर्य गरेर बसि रह्यो।
केही समय पछि
उस्ले एकदिन मालिकसँग बिन्ती गर्‍यो  - सर, हजुर ईश्वरको पनि ईश्वर हुनुहुन्छ।कृपया मलाई  दया गर्दिनुस नितान्त एक्लो अनुभब गर्छु। घर बसाउन प्रेमिकासँग बिहे गर्नुपर्यो।मलाई बिदा दिनुस् मालिकले भन्यो " लगनहरू आउँछन् यो बर्ष धेरै काम छ, अर्को बर्ष
कुनै लगनमा बिहे गर"।

उस्ले कुरो काट्न सकेन र हुन्छ भन्यो ।
त्यसपछि पनि उस्ले धेरै जन्म दिन, घुमफिर र बिबाह लगायतका लागि छुट्टि मागी रह्यो।
तर कहिल्यै छुट्टी पाएन उस्ले।धेरै धैर्य गरेर पनि छुट्टी नपाए पछि एकदिन हिम्मत जुटाएर मालिकलाई भन्यो
"
म जिन्दगीसँग औधी थाकेँ सर , हजुरले मेरा भोक र अभावहरू टारिदिनुभयो धन्य छ हजुरलाई ।
अब मलाई मर्नु बाहेक कुनै बिकल्प रहेन।

अब मलाई मर्न दिनुस् सर।
मलिकले तुरुन्तै  भन्यो " ठिक छ आज थुप्रै काम छ सप्पै सक र भोलि मर" ।