तर यी अल्झने र बल्झने कुरो तब मात्रै आउछन जब मान्छे मनले होइन मस्तिष्कले जिउछन।
कसैले रिसलाई दबाएर पचाइदिन्छन। कसैले उठाएर पहाड् बनाइदिन्छन।
हुन त नेपालीमा एउटा भनाइ पनि छ। "इख नभएको मान्छे र बिख नभएको सर्पको काम छैन"
तर यो भनाइले इङ्गित गरेको कुरो चाहिँ रिसलाई बुद्धिमानी पुर्बक ब्यबस्थापन गरि कर्मले उत्तर दिने भन्ने बुझिन्छ।
बिना तर्कको जवाफ् फर्काउनु, सुन्न कम बोल्न धेरै हतारिनु, बोलिमा मिठासको कमि हुनु , ठुला ठुला स्वरमा बोल्नु आदि कुरोले रिस उठाउने परिस्थिति ल्याउछ।
तर ठुलो प्रश्न "रिस कसरी पचाउने त"
के भगवान बुद्द नै बन्नु पर्ला त?
उत्तर सजिलो पनि छैन।
र त्यति बोझिलो पनि छैन।
मेरो बुझाइमा जहाँ रिस उठाउने कुरा हुन्छन त्यस्को आभाष मान्छेलाई पहिले नै हुन्छ। प्रतिशोध र प्रतिस्पर्धा , मान पदबी, साधन श्रोत, धन दौलत, सुझ बुझ आदि कुरोले मान्छेलाई अन्धो बनाएर पाखुरा सुर्कने बनाउछ।
तर पाखुरा नसुर्की कमिजका टाक लगाएर भलद्मी बनेर नमस्कार हजुर भने त सक्कीगोनि त।
त्यसैले बुद्द त बन्न न सकिएला भलाद्मी त बन्न सकिएला नि त।
र अन्त्यमा कतै भेटिएको यस्तो कुरो तिर लाग्नु पर्ला जस्तो देखियो।
I’m at that stage of my life where i keep myself out of arguments even if you tell me 1+1=5 you’re absolutely correct, enjoy
जय होस।