इन्टर्नेट सेवा प्रदायक (ISPs) ले "उच्च गतिको इन्टर्नेट" को बारेमा विज्ञापन गर्दछन , तर जब तपाइँ आफ्नै इन्टरनेट जडानहरू हेर्नुहुन्छ, डाउनलोड गति विज्ञापन गरिएको तुलनामा निकै कम देखिन्छ। त्यसो भए तपाईको ISP ले वास्तवमा "Connection Speed " के भन्न खोजेको हो? के "कनेक्शन स्पीड" "डाउनलोड स्पीड" भन्दा बिलकुलै फरक कुरो हो ?
मानिसहरू अक्सर डाउनलोड गति र जडान गति बारे भ्रमित छन् ।मान्नुहोस्, तपाइँसँग १ MBS इन्टर्नेट जडान गरिएको छ। यो गतिमा , तपाईं प्रति सेकंड १ एमबीको दरमा फाईलहरू डाउनलोड गर्ने अपेक्षा गर्न सक्नुहुनेछ, तर जब तपाईं वास्तवमै फाईल डाउनलोड गर्नुहुन्छ, डाउनलोड गति केवल १०० - १२० केबी प्रति सेकेन्ड सम्म पुग्छ। त्यसो भए कुरो के हो त ?
यदि जडान गति र डाउनलोड गति एकै र उस्तै हो भने, तब हामीले उस्तै गति पाउनु पर्ने हो । वास्तवमा, जडान र डाउनलोड गति दुई फरक एकाइहरूमा मापन गरिन्छ , यद्यपि यी मापनहरूले समान कुरालाई जनाउने भए पनि उनीहरूको व्याख्या गरिएको मान एकदम भिन्न हुन्छ।
जडान गति (वा इन्टर्नेट ब्यान्डविथ) भन्नाले तपाईंको ISP द्वारा प्रदान गरिएको कनेक्शनको कच्चा डाटा स्थानान्तरण दरलाई जनाउँछ।
जडान गतिको एकाई ( Unit used for Connection Speed:) : केबीपीएस (प्रति सेकेन्ड किलोबिट), एमबीपीएस (प्रति सेकेन्ड), जीपीएस (गिगाबिट प्रति सेकेन्ड) र यस्तै…
अर्कोतर्फ, जब हामी इन्टरनेटबाट फाईलहरू डाउनलोड गर्छौं, उही डाटा ट्रान्सफर रेटको व्याख्या गरिन्छ, डाउनलोड स्पीड को रूपमा।
तर डाउनलोड स्पीडका इकाई (Unit used for Download Speed): KBps (Kilobyte प्रति सेकेन्ड), MBps (मेगाबाइट प्रति सेकेन्ड) र यस्तै........
यदि तपाईंले इन्टरनेट प्याकेज लिदै हुनु/भएको छ वा भण्डारण (pen, hard drive etc.) किन्दै हुनु हुन्छ भने, तपाईं पहिले बिट / बाइट बारेमा जान्ने पर्ने हुन्छ । जसले कम्प्यूटर प्रयोग गर्दछ उसले कम्तिमा आफूलाई यी एकाई बारेमा परिचित गर्नुपर्दछ। आखिर, कुरो चाही किलोमिटर र माईल बीचको भिन्नता थाहा पाउनु जस्तै हो!
अब एक पटक यो टेबल हेरौ l
अब यसका एकाई हरु हेरौ l
अब तलको को उदारण हेरौ ल !एउटा 25 मेगा बीआईटी प्रति सेकेन्डको इन्टरनेट कनेक्सनले , एक सेकेन्डमा कुल 12.125 मेगा BYTES (MB) डाउनलोड गर्न सक्दछ। यो जडान सामान्य इन्टरनेट प्रयोगको लागि उत्तम हुन्छ जस्तै ईमेलहरू जाँच गर्ने / वेब ब्राउज गर्ने , स्ट्रिमिंग संगीत, विडियो , गेम आदि।
आशा गर्दछु मैले केहि कुरो बुझिने गरि गरे l तपाई पनि कम्न्यपुटरको स्पीड नाप्न चाहनु हुन्छ भने क्र्पया यहाँ क्लिक गर्नुस l
धन्यवाद
धन्यवाद