मोबाइलमा नै संसारकै टिभी च्यानल तथा लाइभ इभेन्ट र नया पुराना
जुनसुकै भाषाका फिल्म कसरि हेर्ने? अनि यो सहि र सम्भव कुरो हो त ?
हो सम्भव छ।
पैसो कति लाग्छ नि ?
लाग्दैन सित्तैमा हो।
कुरो बुझ्नुस पैले अनि आनन्दले जे जे मन लाग्छ त्यै त्यै हेर्नुस हेर्नुस ।
लौ कुरो यस्तो हो।
एक क्षण सोच्नुस त आज भन्दा करिब तिस बर्ष अघि सम्म
मान्छेहरु रेडियोको कान बटारेर बिबिध
भारती, रेडियो सिलोन,आकाशबाणी, बिबिसीका इंगलिस, हिन्दि र नेपाली स्टेसनहरुमा गित
संगीत तथा समाचारहरु सुन्थे। त्यो पनि आवाज क्लियर नआएर एरिअल तान्थे अनि दया बया
तल माथि घुमाउथे। तै पनि आवाज क्लियर आएन भने हैरान भएर खाई खुइ गर्थे।
जसो तसो
त्यो जमाना गुज्रियो। टिभी त्यै पनि ब्ल्याक एंड व्हाइट आयो रामायण महाभारत तथा
समाचार,फिल्म , टेलीसिरियल आउँ थाले। हेर्नेको भिडले घरै भरिन्थ्यो। एन्टिना घुमाएर
आयो भनेर गाउ नै थर्कने गरि कराउथे।
कलर टिभी आयो मान्छेहरु टिभी प्रति झन् तानिए।
मनोरन्जनको प्रमुख बस्तु टिभी भयो। फिल्म हलमा जाने क्रम घटना थाल्यो। मान्छेहरु
कुन च्यानल बाट कुन फिल्म आउदैछ भनेर च्यानल बदल्न थाले। हेर्दा हेर्दै एन्टिना
घुमाएर र नोब बटारेर चल्ने टिभी केबुल र सेटलाइट रिसिभर बाट चल्न थाले।
सेटलाइट रिसिभरका छाता देखिन थाले।CRT मोनिटर (स्क्रिन)
भएका ठुल ठुला टिभीहरु ससाना पातला LCD ले बिस्थापित गर्यो।
टिभीको यो यात्रा चली रहदा मोबाइल फोनले दुनिया चलाउन
थाल्यो। के के गर्दैन र यो मोबाइलले अचम्म लाग्ने काम देखि पत्याउन नै नसकिने काम
गर्न थाल्यो।धेरै कुरो नगरी लौ आउनुस मोबाइल मै सबैथोक हेर्ने कुरो गरौ।यो मोबाइल
एप डाउनलोड गरौ ।
यो एप डाउनलोड गरेर इन्स्टल गर्नुहोस्। च्यानल क्लिक
गरे पछी प्ले स्टोरको बिज्ञापन पनि आउन सक्छ।स्किप गर्नु होला। यो एप्लिकेसन
डाउनलोड गर्न यहाँ क्लिक गर्नुस
माथि दिएका यस एपका केहि उदाहरणहरु हुन् डाउनलोड र इन्स्टलेसनमा केहि समस्या भएमा कमेन्ट गर्नु होला।हातमा भएको मोबाइलमा संसार हेर्नुस।ज्ञान बढाउनुस,बाड्नुस।
यो पोस्ट २०२० को कोविड-१९ कोरोना
भाइरस लकडाउनको समयमा लेखिएको हो।