यो खाए त्यो हुने , यो खानै नहुने , कतिपय पीडित मान्छेहरू यस्ता सुझाव सुनेर उल्टै रोगी होलान् भन्ने कुरो गफै मात्रै रहेन। के खाने भनेर सोच्नु पर्ने भो ....
धेरै सुनेको कुरो "तिन छाक खाने रोगी, दुइ छाक खाने भोगी , एक छाक खाने योगी " कुरोको बिषय यहि हो l अझ अर्को पनि छ "धेर खाइ मल थोर खाइ बल" l यहाँ गरिएका कुरा यिनै दुइ भनाइको वर्णन हो।
हाम्रो धर्म सस्कृति अनुसार जसले योग ( योग भनेको केवल शारीरिक अङ्ग आसन मात्र होइन) मानसिक आध्यामिक सबै लाई जोडेर अनुसासनमा बसी गरिने कर्म हो l यस्तो अनुसासनमा बसी जिबन यापन गर्नेहरु योगी हुन् l योगीहरूको आहार सात्विक हुन्छ l
योगको आध्यात्मिक मार्गको जीवन बिताउने व्यक्तिले दिनमा एक पटक खान्छन भनीन्छ।
तर एक छाक पनि नखाई बाँच्ने मान्छे छन् होला त?
प्राणायाम (breathing exercises) गरेर ऋषि मुनीहरु बाँच्थे रे भन्या सुनेको कुरो हो।
एउटा यस्तै उदाहरण यो हो।
हावा खाएर बाँच्ने भन्या त "हावा" कुरा नै होला।तर कति खाने भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरो होला।चाहिने भन्दा बढि खानु गलत गलत हो। तर आफ्नो कामको प्रकृति , जसमा खास गरि शारीरिक परिश्रम ज्यादा गर्नेलाई ज्यादा खाना अथवा क्यालोरीको जरूरत पर्ला। तर मिठो रैछ, खाउ न भनेर ज्यादा खानु वजन र मल त्याग बढाउनु मात्र हो।
ऋषिहरुले ५ हजार वर्षअघि सप्तचक्र (कुण्डलिनी शक्ति)चिनाइदिएका थिए. मे.साइन्समा २०औँ शताब्दीमा बल्ल तिनै बिन्दुनेर हर्मोन बनाउने इण्डोक्राइन ग्ल्याण्डहरु थाह भो. *Pineal,Pituitary,Thyroid,Pancreas,Adrenal,Thymus,Testes/Overies *सहश्रार,आज्ञा,विशुद्ध,अनाहत,मणिपूर,स्वाधिष्ठान,मूलाधार
खाने कुराको आवश्यकता समय अनुसार पनि व्याख्या गर्न सकिन्छ। जस्तो बिहान या दिउँसो खाने कुरो अलि बढी नै भए पनि दिनभरको शारीरिक क्रियाकलापका कारण पचेर जान्छ। तर साँझ या बेलुका खाएको खाना अधिक भए, शारीरिक क्रियाकलाप नहुँदा (खासगरी सुत्ने समय भएको हुनाले) वजन बढ्ने लगायत समस्या हुनसक्छ।
र अन्त्यमा निष्कर्ष निकाल्दै यो भनियो। धन्यबाद !!