Tuesday, May 26, 2020

कुरो दिल्लीका दरबानहरुको

यस्तै १९९३ तिर होला दिल्लीमा कति नेपाली छन् भनेर यसो सोध खोज गर्दै जादा  शनिबार आईतवार नेपाली फिल्म देखाउने फिल्म हल समेत पनि देखियो।
त्यसबेला नै दिल्लीमा लाखौँको संख्यामा नेपाली रहेको कुरो फिल्म हेर्न जाँदा सँगै बसेका नेपालीले बताए।सानातिना होटेलमा खान खान , चिया नास्ता गर्न जादा नेपालीमा कुरा हुन्थ्यो साथीहरु सँग l यसरी टेबलमा बसेर कुरा गरिरहेको बेला खाना सर्भ गर्ने केटाले तपाईहरु नेपाली हो भनेर सोध्थे l यहाँ सोध्थे भन्नाले धेरै होटेलमा यस्तो भएको हुनाले भनेको हो l यसै गरि अफिस , घर, दुकान इत्यादीमा सेक्युरिटीको ड्रेस सहित या ड्रेसै बिना पनि धेरै दरवानहरुलाई देखियो l यिनलाई बोलाउने प्रचलित नाम चाहिँ "बहादुर " हुदो रैछ l यस भन्दा बाहेक अरु धेरै बहादुर हरु "रेल्वे स्टेशन, बस स्ट्यान्ड , सानातिना ट्राभेल एजेन्सी , फ्याक्टी लगायतमा भेटिनु नौलो कुरो होइन l लाखौको संख्यामा रहेका मानिस हरेक क्षेत्रमा हुन् सक्छन l पढ्न  जाने नेपालीको संख्या पनि धेरै छ l म पनि पढ्न र पछी पनि अन्य कामहरुले दिल्ली गइरहे l कतिपय नेपालिहरू पैसा कमाएर ठाटले बसेका पनि रैछन l तिनीहरु मध्ये केहि त उतैको नागरिक पनि रैछन l 

इन्डियनहरुको नेपाली बारे आम धारणा चाहिँ के छ त।

म र तराई तिरको एक साथी थियौं। कलेजको वेलकम पार्टीमा।सँगै बसेको इन्डियन साथीले सोध्यो "नेपाल से होगे तो थापा हों? मैले हैन भने। उ अगाडि भन्दै गयो नेपाली नामौ में बीचका नाम बहादुर होता है ना?
मैले उसलाई केही कुरा सम्झाए जस्तै ब्राहृमण भए बीचको नाम प्रसाद, कुमार आदि हुन्छ क्षेत्रीय भए प्राय बीचको नाम बहादुर हुन्छ।
उ मेरो छेउमा बसेका मधेसी साथीलाई सोध्यो" यह तो किसी एँगल से नेपाली नहीं लगता है"
उसको कुरो बुझ्दा यस्तो लाग्थ्यो बहादुर नाममा हुनु पर्यो अनि अलिकति अनुहारमा मंगोलियन ढाचा, नेपाली हुनलाई। मैले उसलाई भने नेपाल भनेको हिमाल पहाड तराई मिलेर बनेको छ। भूगोल अनुसार नै मान्छेहरू फरक फरक हुन्छन्। जस्तोकी हिमाली भेगमा शेर्पा या शेर्पा जस्ता देखिने मान्छे बस्छन्।जुन चीन तिब्बती सिमानामा उत्तर तिर पर्छ। पहाडी भेगमा म जस्ता मान्छे बस्छन्। तराई भाग जुन इन्डियाको सिमानामा पर्छ, त्यहाँका मान्छे तिम्रो सोचाइ जस्तै यो साथी (मधेसी साथीलाई देखाउँदै) इन्डियन जस्ता हुन सक्छन्।
एक पटक रेल यात्राका दौरान सिराहा जिल्लाको यादव भाइसँग भेट भयो।मैले उसलाई के कामले इण्डिया आएको भनेर सोधे। उत्तरमा उसले कृषि मजदुरका रूपमा काम गर्ने कुरो बतायो। सिराहा जिल्ला नेपालको अलि बढी नै गरिबीले गाँजेको जिल्ला हो।उसले मलाई भ
उ सिजनल मजदुरका रूपमा मात्र पञ्जाब आउने कुरो बतायो।
तिमीलाई तिम्रो मालिकले के भनेर सम्बोधन गर्छ भनेर सोधे। जवाफमा उसले आफूलाई "बहादुर" भनेर सम्बोधन गर्ने कुरो बतायो। मैले उसलाई सोधें " तिमीलाई किन बहादुर भनेर बोलाएको होला? उत्तरमा उसले भन्यो  मालिकले "नेपाली लोग तो सब बहादुर होते हैन भन्छ"।मा यहाँ काम गर्न आएको काम पनि इमान्दारी र लगनशील भएर काम गर्छु। उसले मलाई प्रेम पूर्वक बहादुर भनेर बोलाएको राम्रो लाग्छ भनेर भन्यो।
तर यादव भाइलाई इन्डियामा कामगर्ने धेरै  नेपालीलाई  बहादुर' चौकीदार' दर्वान् इत्यादि भनेर बोलाउँछन् भन्ने  जानकारी नभएको देखें।
दिल्ली बसाईका दौरान धेरै इन्डियन मान्छे साथीभाइलाई नेपालको बारेमा सोधेको थिए। 
धेरैले भारतीय गोर्खा रेजिमेन्ट र तिनले लडेको युद्दमा देखाएको बहादुरीको सँग जोडेर व्याख्या गरे।कतिपयले हिन्दी फिल्ममा देखाएका चौकीदारी चरित्र तिर इंगित गरे।अलि बढी जानकारी राख्नेले पुरुषको मात्र हैन महिलाको कुरो पनि उठाए। यो सारै उदेक लाग्दो कुरो हो।नेपालको गरिबीको एउटा ज्वलन्त उदाहरण हो यो।
पुरुष बहादुर हुनु अनि महिला त्यसको पुरै विपरीत निरीह हुनु। यो कस्तो नियति हो? बहादुरहरु महिलालाई वस्तु सम्झेर बेची दिन्छन्।
बहादुरहरु वेश्यालयका दलाल बन्नु प्रमुख कारण, तिनीहरू विद्यालय नजानु , चेलीहरुलाई पनि नपठाउनु हो। सरकारले इनलाई शिक्षित बनाएर, रोजगारी दिलाएर  नेपाली चेलीहरुको भविष्य सुरक्षित पर्नुको विकल्प छैन।