Saturday, December 5, 2020

कुरो कामको

हाउ यो बज्याले सिन्को भचेन् भनेर बाउले आमालाई कराउँथिन।कति कराउँछौ ए बुढा एक दिन त यसको पनि बुद्दी आउला र गर्ला नी केही।के गर्छ यसले,  यसको बिहे गर्दिनु पर्छ। त्यसपछि चाहिँ सप्रिएला कि।
बिर्खे बिचरो बाउ आमाको यी कुरा सुनेर " विरही माया अधुरो रह्यो बिर्सनु कसरी भन्ने गीत गाउन थाल्यो"
गीत गाएको सुनेर बाउ सुरिएर बिर्खे तिर आए र भने "
बाउले विहे गर्दैनन् नभन नी पछि केटि खोज्देको छु"

बिहे भो बिर्खेको।
भोलि पल्ट बिहान बुहारी रुन्चे अनुहार लिएर सासु ससुरालाई चिया लिएर गइन्।
हाउ के भो बुहारी सञ्चो भएन की क्या हो?
"खाट भाँच्यो"
अनि बिर्खे खै त?
"मक्किएका काठको खाट दिएछन् बिहेमा" भनेर मलाई उल्टै कराउनु भो।
बिर्खे, खाट के भएर भाँचियो त? बाउले सोधे
सधैं सिन्को भाचेन् भन्थ्यौ हैन मालाई
त्यै भएर खाट भाच्देको…..
बाउले लठ्ठी लिएर लखेटे 
बिर्खे यस्तरी दौड्यो की बाउले बिहान बोकेको लठ्ठीले बेलुका सम्म पछ्यायो।
बेलुका बाउले हानेको लठ्ठी समातेर बाउलाई भन्यो
"यो लठ्ठी मेरा लागि सिन्को हो"
यी भाचि दिए...
अब तिम्रो सिन्को भाच्दैन भन्ने बोली सुन्नु नपर्लनी....भोलि भोलि