Wednesday, July 28, 2021

कुरो प्रशंसाको

मान्छेहरू आफ्नो प्रशंसाको योग्य होस् या नहोस् तर आफ्नो प्रशंसा हुने बित्तिकै मक्ख पर्छन्। यो कुरो बुझ्नको लागि एउटा कथा सुन्नै पर्ने भो।
एक जना मूर्तिकार जो असाध्यै राम्रा मूर्तिहरू बनाउँथे, यिनका मूर्तिहरू यस्ता हुन्थे की मूर्ति नै बोल्ने जस्ता जीवन्त हुन्थे। यिनको समय आएको र यमराजले आफ्ना दूत पठाएको थाहा पाए पछि यिनी लुक्दै हिडेछन्। यिनी यस्तरी लुक्दै हिँडेछन्।
यिनी मूर्तिहरू कै बीचमा बसेर मूर्ति झै बनी रहँदा रैछन। दूतले जती कोसिस गरे पनि यिनलाई भेट्न सकेनछन्। त्यसपछि यमराजलाई गएर सब बेली विस्तार बताएछन्। यमराजले दूतलाई भनेछन् "यो मान्छे ले तिमीलाई बेबकुफ बनाई रहेको छ तिमीले यसलाई पकड्न बुद्दी लगाउनुपर्छ " बुझ्यौं
तिमी यिनले बनाएका मूर्तिहरू भए ठाउँमा जाऊ र "अहा कस्ता राम्रा मूर्तिहरू कसले बनाएको होला" भनेर भन्नु तिम्रो काम हुन्छ।
दूत यमराजले भने झै मूर्ति बनेका ठाउँमा गयो। तीन चार वटा एउटै मूर्ति भएको ठाउँमा गएर निकै बेर नियालेर "अहा कस्ता राम्रा मूर्तिहरू अहिले नै बोल्ला जस्तो, मूर्तिकारलाई भेट्न पाए मेरो जीवन धन्य हुने थियो"
यति भन्ने बित्तिकै साँच्चै नै मूर्तिहरू मध्ये एउटा मूर्ति मान्छे सल्बलायो र मान्छे झै उठेर बोल्यो "यो मूर्तिकार मै हो हजुर" भन्यो।
दूतलाई मान्छे चाहिएको थियो।तर जब यमराजले भने पछि उसले बुझ्यो "मान्छेहरू प्रशंसाका भोगी हुन्छन् "।