Calorie Deficit (क्यालोरी घाटा)
के तपाईँ वजन घटाउन र आकारमा आउन चाहनुहुन्छ?
हुन्छ भने
तपाईँले जलाउने भन्दा कम क्यालोरी खानुहोस् ।
यसलाई क्यालोरी घाटा भनिन्छ । जब तपाईं घाटामा हुनुहुन्छ, तपाईंको शरीरले भण्डार गरिएको बोसोलाई ऊर्जाको रूपमा प्रयोग गर्दछ, जसले बोसो घटाउँछ।
जलाउने भन्दा बुझ्नु पर्ने कुरो खर्च गर्ने, प्रयोग गर्ने वा काम र परिश्रम गर्ने भन्ने बुझ्नु पर्यो । यसरी जति चाहिने हो त्यो भन्दा कम खाए तपाईँको शरीरले भण्डार गरिएको बोसोलाई इन्धनको रूपमा प्रयोग गर्नेछ। फलस्वरुप तपाईँको बोसो घट्छ र वजन कम हुन्छ ।
तपाईंलाइ २,००० क्यलोरि चाहिन्छ तर तपाइले १,५०० मात्र लिनु भयो या भनौ खानु भयो भने तपाईं Calorie Deficit मा जानु भयो । यसरी ५०० क्यालोरीको घाटा सिर्जना भयो । तपाईले यसरी दैनिक लगभग ५०० क्यालोरी कम खाएर हप्तामा लगभग आधा केजि घटाउन सक्नु हुन्छ ।
अ अनि के मा कति क्यलोरि पाइन्छ भनेर जान्न उत्सुक हुनुहुन्छ भनेयो क्यलोरि क्यल्क्कुलेटरमा क्लिक गर्नुस ।
चिकित्सक, पोषणबिद जस्ता बिज्ञ संग सल्लाह लिनुस । आफ्नो शरिरका बरेमा बुझ्नुस हरेक मनिस एक अर्का बाट फरक हुन्छन , आफ्नो पिता पुर्खाका बारेमा भनेको हु अर्थात जिनको बारेमा । कसैलाइ कम खादा केहि हुदैन तर कसैलाइ कम्जोरि या रिंग्टा लाग्न सक्छ ।
Calorie Deficit जसले बोसो घटाउँछ संग संगै मांसपेशीहरू पनि घट्छन । त्यसैले मांसपेशीहरू कसिलो बनाउन चाहि जरुरि छ है नत्र लत्रिएर छाला समेत चाउरि पर्छन है ।मांसपेशीहरू कायम राख्न र मेटाबोलिज्म बढाउन नियमित व्यायाम सँग सन्तुलित आहार मिलाउनुहोस् ।
चाहिएको स्थायी परिणामहरू चाहि निरंतर प्रयासले मात्र आउछन है ।
त्यसैले भुडिलाइ ठोक्नुस, अनि रोक्नुस
अलि पछि यसो जोख्नुस पनि है ।
जय भुडि!