Thursday, April 16, 2026

कुरा साथीको सहयात्रीको

जिन्दगीमा सबैका साथी सहयात्री हुन्छन।
कति समयले, परिस्थितिले र बाध्यताले टाढिन्छन्।कति समय संगै नयाँ भेटिन्छन अनि जोडिन्छन।कति बाचुन्जेल रहि रहन्छन, मस्तिस्क र मनमा।
केही समय अगाडी बर्सौ पछि यस्तै एक मित्र सङ भेट भयो।
तिन्ले पुरना यादहरुलाइ ताजा बनाए।
अफ्ना ठुला ठुला प्रगतिका कुरा सुनाए।बिदेशमा र स्वदेश्मा गरेर उन्को सम्पती अथाह भएको जान्कारी भयो।
पढाईमा अब्बल थिए।बैद!बैदेशिक छात्रवृत्तिमा उच्च शिक्षा हासिल गरे ।उतै बसे।
साधारण किसानका छोरा बिद्यालय पढ्दै ९ या १० कक्ष्यामा नै विवाह भएको कुरो चै उन्ले छात्रवृत्तिमा पढन जाने भए पछि मात्र  थाहा भयो। 
बर्सौ पछि उमेर पचास नाघे पछि एक महिला भेट्न आइन बिदेश बाट।साथमा सन्तान सहित।यिनी तिनै मित्रकि पत्नी रहिछन।कलिलै उमेरमा बिहे भएकाले सन्तान बालिग भै सकेका रैछन।
उनले बताए अनुसार अफ्नो श्रीमानको मृत्यु भै सकेकोले यता देश्मा भएको सम्पती आफ्नो नाममा ल्याउन सरकारी कार्यालय धाइ रहेको बताइन।
म लगाएत अरु साथिको नाम उन्का मृत श्रीमानले लिने गरेकोले भेट्न्  खोजेको बताइन।
उन्को मृत्यु कसरी भयो भन्दा, बिदेश्मा रेलको ठक्करले दुर्घटनामा परेर बित्नु भो भनिन।
तर बुझ्दै जादा यति धेरै नाम, काम र सम्पती कमाए पनि ती मित्रको एक्ट्रा मेरिटल अफएर रैछ। यैसै कारणले पीडित उनी हाइ स्पिड रेलको झ्याल बाट टाउको निकालेर अत्माहत्या गरेका रैछन।
सुनेर सारै दु:ख लाग्यो ।

 यो ज्न्दगीको यात्रमा
साथीहरू - अधिकांस फेरि कहिल्यै भेटिँदैनन् , तर छोटो समय परिचित झै हुन्छन्। कति त आत्मीय भाव पनि देखाउँछन्, कति दुष्ट्याई पनि गर्छन्। तर सत्य भोलिपल्ट प्राय सबै घटना र पात्र बिर्सिइन्छन्।

र जीवनको सार पनि यत्ति हो... फगत एक छोटो यात्रा...