--हाम्रो पाटीमा प्रकाशित -प्रकाशित मिति: बुधबार, कार्तिक १८, २०७२ -
खासगरी राजधानी काठमाडौँबासी इन्धनको अभाबमा ठुलो समस्यामा परे l महिनौ सम्मको नाकाबन्दीले सदभाव रहदै आएको पहाडी र तराईबासी/ मदेशी बिचमा प्रस्ट रुपमा एक किसिमको भना भन र वाक युद्द सामाजिक संजाल लगायत आन्दोलनरत क्षेत्रमा देखियो l संबिधान अनुसार देश संघियताको ढाचामा गइ सकेको र २ नम्बर क्षेत्र जुन मदेशीहरुको बाहुल्य रहेको क्षेत्रको सिमांकन सच्चियाउनु पर्ने, जनसंख्याको आधारमा क्षेत्र निर्धारण गनुपर्ने लगाएतका माग राखी सुरु भएको आन्दोलन झन् झन् उग्र हुदै गयो l आन्दोलनकारी र प्रहरी बिचको झडपमा केहि प्रहरी र दर्जनौ आन्दोलनकारीको मृत्यु भयो l
कुटनीतिक, राजनीतिक सब्बै किसिमको पहलबाट पनि नाका नखुले पछी सरकारले यसलाई भारतले लगाएको "अघोषित नाकाबन्दी" घोषणा गर्यो l सरकारले नाका खोल्नका लागि उप प्रधानमन्त्री कमल थापालाई दिल्ली भ्रमणमा पठायो l थापाले आफ्नो भ्रमणले भारतीय सरकारले नाका खोल्ने आस्वासन व्यबस्थापिका संसदमा दिए l उनले घुमाउरो पाराले भारतले मदेशमा आन्दोलनरत दलले नाकाबन्दी गरेको र भारतीय सरकारले त्यसो नगरेको जनाए l यसरी सरकारलाई भारतले अन्योलमा पारी दियो की यो नाकाबन्दी मदेशबादी दलले गरेको हो या भारतले नै l केहि समय अगाडी भारतीय प्रधानमन्त्रीले नेपालको दुइ पटक भ्रमण गरेका थिए l त्यसबेला यिनले भाषण गरेर नेपाली जनता, नेता र पुरै नेपाल देशको मनमा बस्न सफल भएका थिए l अचानक मोदी सरकारले यसरी चाल चल्न थाले कि नेपालमा अनेक अड्कल बाजी सुरु हुन थाले "नेपालको सिक्किमी कारण हुने भो" कम्युनिस्ट नेता नारायणमान बिजुक्क्षेले त यो भारतको सिंहदरबार घर्ने चाल हो भन्दिए l
आन्दोलन यस्तो स्तिथिमा पुग्यो कि नेपाल सरकारले चिन बाट इन्धन आयात गर्यो l यस बिषयले त झन् मदेशबादी दल र भारत दुवै चिडीएको दिखियो l
सिक्किमीकारणको स्थिति कसरी देखिन्छ त र के यो हुनसक्ला ?
यसै बीच भारत सरकारका गृहमन्त्रि राजनाथ सिंहले यस्तो बयान दिए l "नेपालमे एक करोड भारतीय रहते है " यो बिबादास्पद बयान पछी नेपालको अंक गणितीए हिसाब हेर्नु पर्ने भयो l यो यस्तो देखियो नेपालको वर्तमान जनसंख्या करिब दुइ करोड सत्तरी लाख छ lति मध्ये करिब सत्तरी लाख बिदेशमा छन् l कोहि खाडी देशमा होलान कोहि मलेसिया, जापान, कोरिया , यूरोप , अमेरिका, ऑस्ट्रेलियामा होलान l अब रह्यो दुइ करोड त्यसमा पनि एक करोड भारतिए भए पछी नेपालीको देशभित्रको जनसंख्या त एक करोड मात्रै देखियो l
नेपालीको जनसंख्या नेपालमै दिनै पिच्छे घटिरहेको छ l
नेपालीहरु दिनै पिच्छे हजारौको संख्यामा विदेश गइरहेका छन् तर भारतिय कामदारहरु सैयौको संख्यामा नेपाल आइरहेका छन् l यसरी भविष्यमा नेपालमा, नेपालीको संख्या नब्बे लाख र भारतियको संख्या एक करोड दश लाख हुदैन भन्न कसरी सकिन्छl त्यसपछि त सार्वभौमिकता र राष्ट्रियतामा सिक्किमीकारण कसरी नहोला भन्न सकिन्छ l
के हाम्रो देशमा त्यस्ता छन् त जसले यसरी सोच्छन
हुन् त नेपाल र भारतको भेष भुस्सा, रिति तिथि,चाल चलन, भाषा सस्कृति इत्यादी धेरै मिल्छन l गित सुने हिन्दि, फिल्म हेरे हिन्दि, टिभी हेरे हिन्दि बर्षौ देखि नै भैराखेको छ l मेदेश्बादीले भने जस्तै "रोटि बेटी" को सम्बन्ध पनि छ l
र हाम्रा देशमा धेरै यस्ता मान्छे पनि छन् जो भारत जादा भारतीय र नेपालमा रहदा नेपाली हुन्छन ?
एउटा घटना प्रस्तुत गर्छु करिब २०-२२ बर्ष अगाडी म मेरा एक मित्र अध्ययन सिलसिलामा विविन्न नाका भएर दिल्ली जाने गर्थौ l एक पटक दिल्ली नजिक पर्ने नाका नेपालगंज रुपेडिया भएर जादै थियौl ४२-४३ डिग्री तापक्रममा त्यहाको लोकल बसको हालत देखेर रुखमुनी सितलमा बसेकोथिए, एक जना सेतो कुर्ता सलवार लगाएको भलाद्मीले मलाई सोध्नु भो "भाइहरु लखनउ जाने हो? बसमा गारो हुन्छ अम्बास्दरमा जाऊl सजिलो पनि हुन्छ छिट्टै पनि पुगीन्छ" कारमा चढे पछि भन्नु भो म यहाको (नेपालगंज )उद्योगपति टन्डन l वहाको हातमा नेपाल र भारत बाट निस्कने धरै साप्ताहिक र दैनिक पत्रिकाहरु थिएl हामीले वहासंग नेपालीमा कुरा गरेउl र अन्त्यमा उहालाई लखनउ स्टेसन रात परे पछी पुगिन्छ कृपया टिकट काउन्टर कता पर्छ देखाई दिनु होला भनेउ l " चिन्ता गर्नु पर्दैन म देखाई दि हाल्छु नि" भन्नु भो l अन्त्यमा स्टेसन आयो वहा अगाडी अगाडी छिटो छिटो हिड्नु भो l हाम्ले पछि पछि गर्दै सोध्यौ " सर टिकेट काउन्टर देखाई दिन्छु भन्नु भएको थियो " l अगाडी सर्दै उहाले भन्नु भो "आप लोग इधर गार्ड रहता है उसको जाके पुछिए" ल उहालाई हतार रैछ तर किन हिन्दीमा भन्नुभो, जबकी उहा कारमा हुदा हामी जत्तिकै राम्रो नेपाली बोल्नु हुन्थियो l त्यसपछि मलाई थाहा भो "दोनो हातमे लड्डु" l यो सब्बैमा नहोला l मैले यो प्रबर्तीको कुरा गरेको , कुनै व्यक्तिविशेषको हैन l
यस्तो भएको अवस्थामा के देश बच्ला त ? के हाम्रो देशमा त्यस्ता छन् त जसले यसरी सोच्छन

हालका सम्पूर्ण नेता, सभासद , जनता सब्बैलाई सोधुनुस सब्बैले घुमाई फिराई भारतको नाम लिन्छन l मदेशमा त झन् सी के राउत जस्ता मान्छे बर्षौ देखि पृथक हुने आन्दोलनमा लागिरहेका छन् l
इतिहासको कुनै कालखण्डमा मन्त्रिपरिषदको बैठक बस्न निर्णयहरु पारित गर्न भारतीय राजदुत न भै हुदैन थियो l विभिन्न आन्दोलन गर्न, प्रधानमन्त्री , रास्ट्रपति बदल्न सिधै भारतीय राजदुत प्रोटोकल तोडेर राता रात प्रधानमन्त्रिलाई भेट्छन l गिरिजाले ग्रैंड डिजाइनको अर्थ कहिल्यै खोलेनन। प्र म भए पछि प्रचण्डले बिदेशी प्रभु र बाबुरामले देश चलाउने चाबी अन्तै रहेको र दुताबासले देश चलाएको संकेत गरे।राजदूतका अगाडि निरीह बन्ने त परम्परा भई सक्यो।त्यसकारण यस्ता नाकाबन्दि खुले पनि भविष्यमा यस्ता एपिसोड धेरै हुन् सक्छन l
भारतले किन यस्तो गरेको होला?
"र" र आर यस यस को कुरो सुनियोl एउटाले धर्म निरपेक्ष र अर्कोले हिन्दु राष्ट्र हुनु पर्छ भने भन्ने विस्लेषण पनि सुन्न पाइयो l केहि समाचार त यस्तो पनि आयो कि मोदीले राष्ट्रपति यादवलाई संबिधानमा हिन्दु राष्ट्र लेख्नका लागि पहल गर्न भने l बास्तबमै यस्तो देखिन्छ कि संबिधानमा हिन्दु राष्ट्र लेखेको भए यो नाकाबन्दी हुड्दैन्थ्योl
पछिल्लो पटक ओलीका बिरुद्ध सुसिल कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु यसैको एक कडी हो l

भारतले बनाएको बाटो,भारतमै बनेका गाड़ी,भारतले पढाईदिएका प्राबिधिक, इन्जिनिअर् ,चिकित्सक र कर्मचारिहरुले देश चलिरहेकोछ ।औषधि, लत्ता कपड, खाद्ध्यान्न इत्यादी सब्बै भारतबाटै आउछन l हाम्रो देशमा खुलेका उद्योगका कच्चा पदार्थ भारत बाटै आउछन l बास्तबमै भन्ने हो भने हामी केहीमा पनि आत्मा निर्भर छैनौl
खै राजनैतिक दलले के गर्दैछन ?
बिपिको समाजबाद कांग्रेसमा रहेन,कम्युनिस्टहरु झण्डमा सिमित रहे ,मदेशबादीहरु कालो झन्डा देखाई जुगाको लडाईमा छन् , त्यसैले हाललाई देश कसैको भएन र जनता कसैको रहेनन ।
कसरी रहला त देश ?
"नेपाली हामी रहला कैले नेपालै नरहे" त्यसैले नेपाल रहनका लागि हामीले आफनै देशमा आफ्नो सिप खर्चनु पर्छl जब सम्म सम्वृद्धि खोज्दै युवा बिदेसिन्छन, जब सम्म युवा शक्तिको पलायन रोकिदैन , तब सम्म देश धरापमै रहन्छ l त्यसकारण सरकारले यस्ता योजनाहरु ल्याउनु पर्यो जसले युबाहरु बिदेसिने क्रम रोकियोस् l
web link http://www.hamropati.com/blog/12688#sthash.HRAtLYcx.34486Wmq.dpbs