Thursday, November 19, 2015

मधेसका कुरा

 २०७२ सालको मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दी 
मैले देखेको र भोगेको मदेस 
म झापामा जन्मेर प्राथमिक शिक्षा त्यतै हासिल गरेको मान्छे l मेरा बुवा आमा भोजपुरबाट २०१६ सालमा मधेश झर्नु भएको हो l मेरा निरक्षर बुवा आमाले झापाका धेरै ठाउँहरु सर्नु भो , शान्तिनगर , बुधबारे , चारआली , दुहागढ़ी l दुखजिलो गरेर केही जमिन जोड्नु भो जिबन धान्नका लागि l
मेरो स्कुलि पढाई अगाडी बढ्यो जब हामी बसाई सर्दै मोरंग जिल्लाको बाहुनी भन्ने  ठाउमा आयौ lझापा र मोरंगका यी भागहरुमा धिमाल, राजबंशी लगाएतका जनजाती हरु भए पनि, बाहुनी चाही  थारु र पहाडे मुलका मान्छेको बाहुल्यता थियो /हो l प्राय सब्बैको पेशा खेति किसानी थियो l यहाको उब्जाउ उर्बर जमिनमा  धान प्रमुख भए पनि अन्य नगदेबाली जस्तै पाटा(जुट), तोरी आदिको खेति पनि धेरै हुने l
मैले २०४२ सालमा यसयलसी यहिकै जनता मा.बि.बाट दिए l  मैले र राई थरका एक जनाले प्रथम श्रेणीमा पास गर्यो l ८ कक्षा सम्म प्रथम भै रहने चौधरी चाही दोश्रो श्रेणीमा पास भए l 
जातीय रुपमा हाम्रो स्कुलमा राई लिम्बु चौधरी क्षेत्री बाहुनको नेवार आदिको  बाहुल्यता थियो l स्कुलमा रहुन्जेल कहिल्यै जातीयताको कारण कुनै कलह  कैले उठेन l बरु थारुहरुको भाषा र सस्कृति जानियो l सारै सोझा, भलादमी र मिलनसार हुन्छन थारु हरु l बरु राई लिम्बु साथीहरु चाही निहु खोज्ने झगडा गर्न खोज्ने खालका थिए l बोरबाध भन्ने ठाउमा बस्नेहरु केही चाही यस्तो खालका थिए l
बाहुनी बाट जब हाम्रो परिवार तरहरा र इटहरी बसाई सर्यो तब म बिराटनगरको महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पसमा आइयस्सीम भर्ना भइयोl यहाँ भने हरेक किसिमका साथीहरु भए l यहाँ सिरहा सप्तरी लगाएतका जिल्ला बाट यादव, झा, कर्ण, मिश्र लगायतका मदेशी भनेर चिनिने हरु संग पनि मित्रता भयोl 
मलाई थारु भाषा औधि मन पर्थ्यो, जुन झा लगायतका हरुले बोल्ने भाषा मैथली संग मिल्दथ्योl बाहुनीमा बस्दा एकजना मिश्र थरका सरकारी कर्मचारी बस्थे, हाम्रो घरमा  कृषि सेवा केन्द्रको कार्यालय थियोl यिनै मिश्र सर ले बोलेको मैथली भाषा पनि सुन्ने गर्या  थिए मैले l  
किन किन मैथली भाषा मलाई नेपाली भन्दा राम्रो लाग्थ्यो,  बहुत आदरार्थी शब्द , सभ्य र भालादामीको भाषा   l 
निबर्तमान उपराष्ट्रपति मरमनन्द झा ले हिन्दि भाषामा सफत खादा खुब हंगामा भएको थियो l मलाई पनि यिनले आफ्नो मातृभाषा मैथली बिर्सेर हिन्दिमा सफत ग्रहण गर्दा सारै नराम्रो लागेको थ्यो l मैले त कान्तिपुर दैनिकमा यस सम्बन्धमा प्रतिक्रिया समेत पठाएको थिएl कान्तिपुरले उचीत्  स्थान दिएर हाईलाइट गरेर छापेको थियोl
बिराटनगरमा बियस्सी पढुन्जेल केही मधेसी मित्रसंग मेरो राम्रो सम्बन्ध थियो l मेरो मैथली भाषा प्रतिको लगाब यी मित्रहरुले गुनगान गाउथे l पहिले थारुको संगतले थारु भाषा सिकियो, पछी मिश्र सरको संगतले मैथली l
मिश्र सर सँग म एक पटक सप्तिरी स्तिथ कुनौली बोर्डर संगैको तिलाठी गाउ पनि गएको छु l
सारा नेपालमा तिलाठी यस्तो गाउ हो जहाँका सत प्रतिसत साक्षरता छ l अझ यहाँ त स्नातक भन्दा कम पढेका मान्छे छैनन् भन्दा पनि हुन्छ l डाक्टर, इन्जिनिअर्व, वकिल,  प्राध्यापक र नेपाल सरकारका उच्च पदमा छन् यहाका मान्छे l मैथली ब्राम्हण मिश्र, झा आदिको रहन सहन संस्कृति आदि मिल्दोजुल्दो छन् lयिनीहरु सम्भ्रान्त र जमिन्दार पनि छन् l जसरी पहाडी ब्राह्मण क्षेत्री समुदायमा कतिथ तल्लो जात जस्तै कामि,दमै आदि भने जस्तै, मैथली ब्राह्मणका पनि त्यस्तै कथित तल्ला जातहरु छन् l त्यहाँ पनि एक किसिमको विभेद छ जस्तै पानी नचल्ने, मन्दिरमा पस्न नपाउने आदि l त्यहाँ पनि हाम्रो सनातन धर्म अनुसार मान्दै आएका कर्मकाण्डहरु जस्तै न्वारन, पास्नी, ब्रतबन्ध, बिबाह , श्राद्ध  बिधि पुर्बक गरिन्छा l पहाडी हरुमा जसरी पुरुहेत , गुरु आदि सम्बोधन गरि संस्कृत भाषा जानेका पढेका उपाध्याय ब्राह्मण द्वारा कर्मकाण्ड गरिन्छ , त्यस्तै मदेशी समुदायमा पनि गरिन्छ यस्ता काम गर्दै आएका झा, मिश्र जी हरु छन् l एक किसिमले हेर्ने हो भने पहाडी मुलका क्षत्री ब्राह्मण र मदेशी मुलका क्षत्री ब्राह्मणमा तिनीहरु को पुर्ख्यौली थलो र भाषा बाहेक कुनै कुरामा भिन्नता छैन l
तर एउटा कुरा चाही के सहि हो भने तराइमा नबसेका पहाडमै बसेका ,या काठमाडौँ बसेका र अन्य पहाड बाट काठमाडौँ झरेकाहरु ले मदेशबासिलाई धोति लगायतका गाली गरेको सुनेको छु l
तर यो भन्दा अगाडीको मदेश आन्दोलनले तिनीहरुको खोलोदिएको छ l काठमाडौँमै धोती र भैया शब्दहरु एकदमै कम सुनिन्छनl जस्तै मदेशी हरुलाई काठमाडौँक नेवारले भनेको कुरा पनि छुतौना नमिल्ने खालको छ l घरमा को मान्छे आयो भनेर बाउले छोरालाई सोध्धा छोरेले भन्यो "मनु मखु मध्सिया ख " अर्थात् मान्छे होइन मध्सिया हो l मेरो बिचारमा मदेशी का बारेमा गरिएको सब्बै भन्दा नराम्रो टिप्पणी हो l 
यी त भए मेरा कुरा अब मान्यता अथवा आजको डिजिटल युगले मधेस र मधेसीका बारेमा के भन्छ l

ऐतिहासिक तवरले हेर्दा The "Madhesh" is a morphological derivative of Madhyadesh (Sanskrit) भनेर विकिपिडिया ले परिभाषित गरेको छ l The Madhesh (Nepali: मधेस) is a Federal and Semi-Autonomous State of Nepal ranging from Jhapa to Kanchanpur districts यो पनि विकिपीडिया ले गरेको परिभाषा हो l
को हुन् त मदेशका जनता? 
झापा देखि कंचनपुर सम्म फैलिएको समथर भूभाग क्षेत्रफल करिब ३४, १०९ बर्ग किमी म बसोबास गर्ने बासिन्दा हरु मदेसीहरु हुन् l जुन पुरै नेपाल देशको २३.१ प्रतिसत हो l 
को कहिले देखि मदेशमा बस्न थाले 
थारु र मैथली हरु सतब्दियौ देखि बस्दै आएका आएका हुन् l १९६० सम्म यिनीहरुले मलेरिया सँग लड्दै बाचे l मलेरिया सँग लड्न पहाड बाट ब्राह्मण क्षेत्री नेवार लगायत अन्य जनजाती हरु मदेश झरे l मलेरियाले धेरैको ज्यान पनि लियो l 
अंग्रेजहरुले तराइको समातर भूभाग जुन अधिकांक्ष जंगलले ढाकेको थियो, त्यो नेपाललाई नै छोडी दिए l यसै जंगलको ठाउँ ठाउँमा ससाना बस्ति थिए l यी ससाना बस्तीमा राजबंसी , सतार, धिमाल, थारु, र अन्य मदेशीहरु ठाउँ अनुसार मैथली, भोजपुरी, अबधि , हिन्दि आदि बस्थ्ये l पछि विभिन्न कारणले (जस्तै महेन्द्र राजमार्ग बनाउदा जंगल फडानी भै सडकका छेउ ) नया बस्ति बस्यो l बिस्तारै पुनर्बासका नाममा जंगल फडानी गर्दै व्यापक रुपमा भयो l यसरी पहाड बाट पहाडी हरु झरे र पुनर्बासका रुपमा  खेति पाती स्गुरु गरे l
यसरि बाउ बजेका पाला  भन्दा पनि अगाडी देखि पहाड बाट झरेर हाल मदेसमा रहेका पहाडेहरु बसेको देखिन्छl
के भारत बाट पनि मान्छेहरु मदेसमा आए त ?
यसमा दुइ मत छैन, सिमा क्षेत्र खुला भएका हुनाले विभिन्न अवसरको खोजीमा मदेस पसे l अधिकांसले राम्रो अवसर बनाई यतै बसे l हाल चल्दै आएको "रोटिबेटी" को सम्बन्धले पनि यो क्रम बढेको हुनसक्छ l
खस ब्राह्मण क्षेत्री गाली गरेर किन विकृत समाज बनाउदै छन् 
सबभन्दा पहिले त अर्कालाई गाली गरेर आफु निच देखाउने तर्क नै गलत छ l पहाडे बाहुनहरु बिकट ठाउमा जन्मे पनि आफु र आफ्ना सन्तानलाई पढाई लेखाइ गर्नु पर्छ भनेर अगी बढे l उनीहरु काशी  गएर दुखले पढे l आफु नपढ्ने अर्काले पढ्यो र जागिर खायो नेता भयो हामीलाई पेल्यो भन्ने तर्क नै गलत छ l यसरी हामीलाई सदियौ देखि खशहरुले  शासन गरेर हामीलाई पेलेका छन् भनेर प्रत्येक मदेसी 
लाई रट्टा मार्न लगाए l जसरि रटेर पढेको मान्छे ले यत्ति मात्र जान्दछ l प्रतेक आन्दोलनमा लागेका मदेसीहरुलाई सोध्नु हुन्छ त्यहि खश बाहुन २४० बर्ष लगायतका तिनै रटान सुनौछन l यो तल लेखिएको एउटा भनाइ दोश्रो बिश्वयुद्द ताका जर्मनीक  एक मन्त्रीले भनेका हुन् l बहुत संदर्विक छ l  
“If you tell a lie big enough and keep repeating it, people will eventually come to believe it”

किन मदेसी नेताहरु मदेशको हालत सुधार्दैनन 
अधिकांस मदेसी नेता हरु कुर्सि र धन र आफु आफु बीच जुँगाको लडाईमा मस्त छन् l मदेशमा भएको गरिबी, शिक्षाको कमि , तथा मानब विकास सुचाकांस बारे गहिएरे सोच्दैनन् तब सम्म आन्दोलनको त्यति अर्थ हुदैन l सब्बै मदेसी बच्चा हरुलाई स्कुल जान अनिबार्य गर्नु पर्यो l बिस्वबिध्य्लयको डिग्री हातमा हुनु पर्यो , त्यस पछि त सम्ब्रिधि आइहल्छ नि l 
केही वर्षा पहेले किशोर नेपाल ले सिराहाजिल्लामा एउटा कार्यक्रम बनेका थिए l सो कार्यक्रममा बर्णन गरिएको कुरा आजको युगमा पच्ने खाले छैन l एक युबक लाई उनले सोधे "तपाई ले कहिल्यै पैन्ट सर्ट लगाउनु भएको छ कैले? युबकले भन्यो बिहे गर्दा एक पटक ए ससुराली जादा दोस्रो पटक तेस्रो पटक चाही उसले सो सर्ट पैन्ट मृत्यु संगै जल्ने रैछ l केही जोर लुंगी ए गम्छामा उसको जिन्दगि बित्ने राई छ l यस्तो चरम गरिबी ए अशिक्षा हटाउन पटक पटक मन्त्रि भएका मदेसी नेताहरुले यो समस्यालाई देखे? केही गरे?
के जात र जुँगाको लडाई मदेसमा पनि छ
अहिले आन्दोलनरत अधिकांस जमिन्दार र धनि परिवार छन् l यिनीहरु बीच पनि तल्लो जात माथ्लो जात छ l झा मिश्र कर्ण लगायतक मानिसहरु जमिन्दार , बिदेसी बिद्यालय म पढेका छन् l स्कुल कलेज मा पढाउने, सरकारी जागिरमा पनि डाक्टर एन्जिनिएर् वकिल न्यायधिस र प्राबिधिक हरु पनि धेरै छ l आर्मीम बाहेक अन्यमा यिनीहरु संख्यामा कुनै पनि हालतमा कम छैनन् l एउटा सद्भावना पार्टी बाट सुरु भएको पार्टी त भन्दा म के कम भन्दै दर्जनौ संख्यामा पुगे l त्यस कारण यिनीहरु बीच पनि जुँगाको लडाई धेरै छ l  
के यो आन्दोलनमा उठेका मागहरु जायज  छन् l

सुरुमा ठिकै थिए l  प्रेदेश्को पुनार्सिमंकन , जनसंख्याका आधारमा सिमांकन लगायत संबिधानक केही धारा परिवर्तन माग जायज थिए l कालान्तरमा मागहरु बढ्दै गए lचिन बाट इन्धन आउन थाले पछी यो बिषय झन् पेचिलो बन्दै गयो l 
दुइ तिन महिना बिते पछी यो आन्दोलन जुँगाको लडाईमा परिवर्तन भयो l" र"  र आरएसएस को कारणले झन् आन्दोलन कहाँ र कता बाट किन भै रहेछ भन्न गारो भो l बिरगंज नाकामा ग्यासका बुलेट इन्धन बोकेका तेंक्कर , औषाधी र खाद्य पदार्थ बोकेका गाडी हरु को लाइन बढ्दै गयो l काठमाडौँमा इन्धन, ग्यास, औसधि आदि चिजहरुको अभावले जनजीबन ठप्प भयो l
सामाजिक संजाल गाली गलोजले भरिन थाले l लडाई तराई पहाड मदेसी पहाडे ओली मोदी भारत नेपाल बिचको जस्तो देखियो l 
बास्तबिकता के हो त ?
मोदी,  "र ", आर एस एस,मदेसी र ओली वरिपरी घुमिरहेको छ यो आन्दोलन l सम्बिधान जारी हुनु भन्दा अगाडी मोदीले आफ्ना दुत पठाएर जारी गर्न लाई केही दिन लम्ब्याउन भनेका थिए l मोदीले राष्ट्रपति लाई नेपाल लाई हिन्दु राष्ट्र बनाउन पहल गरिदिनु पर्यो भनेर फोन गरेको प्रसङ्ग पनि समाचारमा आयो l जब्बरजस्ती तुरुन्तै संबिधान जारी गरे पछी मोदी भड्किए l मदेसीहरु बिरोधका स्वर लिएर सडकमा आए l 
बिहारको चुनाव ताका कोशी र कर्णालीको पानीको प्रसङ्ग बनाएर भोट पनि मागे l ओलीलाई प्रधानमन्त्री नबनाउन भारतले ठुलै नौटंकी गर्यो l मदेशी हरु लाई प्रधानमन्त्रीको चुनाबमा भोट हालेर सुसिल कोइराला लाई जिताउन पहल पनि भारत कै तर्फ बाट भयो l