मान्छेले आफ्नो जिन्दगीमा सयौ, हजारौ लाखौ काम गर्छन l कतिमा सफल हुन्छन र ति अरुक लागि प्रेरणाका स्रोत बन्छंन l प्रस्तुत छ वास्तविक जिबनमा घटेका केहि संदेशमुलक कथाहरु जुन मेरा नजरमा उत्कृस्ट छन् l
१ सिरानी मुनिको चेक
एकादेशमा एक जना गरिबी र अभाव बाट गुज्री रहेका देशै भरि नाम चलेका व्यक्ति, ऋण लिन भनेर साहु कहाँ गएछन् l ति प्रसिद्द व्यक्तिलाई न साहुले उनलाई प्रतक्ष भेटका थिए न यी प्रसिद्ध व्यक्तिले साहुलाई प्रतक्ष भेटेका थिए l
ऋण लिन जाने व्यक्ति पनि नक्कली थिए l साहुले प्रतक्ष नदेखेको हुनले म फलानु हु भन्दै उनि साहुलाई भेट्न गए l ति नक्कली व्यक्ति साहु कहाँ गए पछी आफ्नो परिचय तिनै प्रसिद्ध व्यक्ति हु भनेर दिए l त्यस पछि ति व्यक्तिले आफु प्रसिद्ध व्यक्ति भए पनि सधै अभाव र गरिबीमा बच्नु परेको भन्दै साहु संग ऋण मागे l साहु पनि सारै दयालु दिए l त्यसैले उनले ति व्यक्ति लाई एक करोड रुपैयाको चेक काटेर दिए l
उक्त चेक साहुले ति नक्कली प्रसिद्ध व्यक्तिलाई दिदै भने "हेर्नुस तपाई यति प्रसिद्द हुनुहुन्छ , जानकार र बुद्दिमान पनि हुनुहुन्छ , तपाई यो चेक लगेर सिरानी मुनि राख्नुस र अत्यन्तै जरुरि पर्दा मात्र यो चेक साट्नुस"
ति व्यक्तिले पनि साहुले भने जस्तै गरि चेक लगेर सिरानी मुनि राखेछन l त्यसपछि आफ्नो काम धाममा लागेछन l त्यसपछि उनि जति काम गर्दै जान्छन सफल हुँदै गएछन l काम काजको दौरानमा उनले सिरानी मुनि राखेको एक करोड रुपैया पनि सम्झदै गर्थे, जसले उनको हौसला, लगाब आत्मबिस्वास् आदि बढाउदै गर्थ्यो l
यसरी उनले खुबै राम्रो संग धन कमाए l अब उनलाई सिरानी मुनि राखेको त्यों चेक राख्न जरुरि भएन l तसर्थ उनले उक्त चेक फिर्ता गर्न भनी लिएर साहु कहाँ गर्न गएछन l
साहु लाई नमस्कार र धन्यवाद भन्दै चेक फिर्ता गरेछन l
साहुले पनि आफ्नो गाठी कुरो खोल्दै भनेछन 'हेर्नुस मलाई थाहा थियो तपाई त्यो प्रसिद्द व्यक्ति होइन , नक्कली हो भनेर " र अर्को कुरा पनि साहुले रहस्य खोल्दै भनेछन "यो मैले तपाईलाई दिएको चेक पनि नक्कली हो " साहुको यो कुरा सुनेर ति व्यक्ति छक्क परे l
त्यसपछि साहुले उनलाई भने "हेर्नुस मान्छेलाई धनको बचत हुन् अत्यन्तै जरुरि छ "lनक्कली नी भए पनि मैले दिएको चेकले तपाईको काम प्रतिको आत्मविश्वास, लगाब, हौसला बढाइ दियोl
जय होस् कामको लगनको, आत्मा बिस्वासको र बचतको!!
२ नाराणमान र राजभाई
काठमांडू शहर द्रुत गतिमा बिकास भै रहेको थियो।यो शहर २०५० देखि २०७० बिच तिब्र गतिमा घरहरु बने र कंक्रीटको जंगलमा परिणत भयो।
यो कथा यही समय बिचको हो।
नाराणमान भन्ने साहू घर बनाउदै बेच्दै गर्थे।उनका एक बिस्वास पात्र ठेक्केदार मिस्त्री राजभाई उनी सँगै बरसौं देखि काम गर्दै आएका थीए।नाराणमान साहूले यस दौरान हजारौ घरहरु बनाएर बेचे।यस बिच राजभाईले पनि बड़ो ईमानदारीपुर्बक साहूलाई सघाउदै आए।साहुले यसरी घर बेंचर करडौ हुदै अरबौ कमाए।उनी सहरका नामी बिल्डर भए।समाजमा मान सम्मान भो उनको।सरकारबाट पनि उनले उत्कृस्ट ब्यापारीको पुरस्कार पाए।उनी करडौको गाड़ीमा हिड्नथाले l
यता साहूको संपूर्ण काम ईंमानदारी पुर्बक गरेर हजारौ घरहरु बेच्न पनि सघाउने राजभाई भने केही हजार रुपैयाको जागीर मैं बरसौं सम्म रमाए।तर करडौ हुदै आरबौ कमाउने साहूका ईमानदार कारिंदा, राजभाई आफुले चाही धन कामाउन नसकेकोले उदास उदास हुन थाले।यसै बिच उनले साहू संग बीदा मागेर आफ्नो घर जाने निर्णय गरे।उनले नाराणमान साहूलाई भेटि भने "हजुर खै यत्तिका बर्ष काम गरियो, न पैसा कामउन सकियो, न जीबन बदलनै सकियो।अब जानू पर्यो गाउ तिरै खेती किसानी गरेर बस्नु पर्यो"।
जबाबमा नाराणमान साहूले भने "हेर राजभाई म तिमीलाई रोक्न त सक्दिन, तर जानू भन्दा अघि एउटा अंतिम घर बनाएर जाऊ"
साहुको जबाबले राजभाई झन उदास भयो।सायद साहुले उसलाई रोक्ला वा तलब बड़ाई कुनै किसिमले आफुलाई रोक्ला भन्ने लागेको थियो।
राजभाई अब यो अंतिम घर फटा फट बनाई आफ्नो गाउ फर्कन चाहन्थ्यो।उसले अरु घर ४-६ महीनामा बनाउथ्यो भने यो घर एकै महीनामा सक्ने हिसाबले दिन रात काम गरेर सिध्यायो।उसले यो घर सारै कमजोर बनायो।डंडी कम,सीमेंट बलुवा मात्रा नमिलाई, राम्ररी नघोलि एकदम टप्परटूईया पाराले घर बनायो।
उ साहू भेट्न गयो "ल साहूजी मैले हजुरको अंतिम घर बनाई सिध्ध्याए अब म जान्छु, बिदा दिनुस"उसले नाराणमान साहुलाई नमस्कार गर्दै भन्यो।
साहुले उठेर राजभाईको पिथीउ थप थापउदै भन्यो"हेर राजभाई मेरो पनि मन छ, धनले मात्र हुन्छ, तिम्ले मेरा लागि के गरेउ भन्ने मलाई थाहा छैन र? यो घर मैले तिम्रा लागि बनाएको हु यो तिम्रो घर हो"
साहूले यती भने पछि राजभाई छागा बाट खसे झै भयो।
काम निरंतर ईमानदारी पुर्बक गर्नेले फल अवस्य पाउछ(कर्म गर फलको आशा नगर )
३ बाल्टी र पाइप
यो कथा सयौ बर्ष अघिको हो। जती बेला मान्छेहरु खेती किसानी पशुपालन इत्यादि मात्र गर्दथे।
यो कथा अमेरिकी पहाड़को काखमा बसेको एक गाउको हो।
सबै जाना आआफनो काम गर्दथे।तर जन र टम नाम गरेका दुइ युबा गाउँको छेवैमा रहेको खोला बाट बाल्टीमा पानी बोकी गाउलेहरुलाई बेचदथे।यिनीहरु दुबै हट्टा कट्टा युबा थीए त्यसैले यिनलाइ बाल्टीमा पानी बोकी चाहे जति सप्लाई गर्न गारो थिएन।मान्छेको जिंदगी हो, कहिले अल्सि लाग्ला, कहिले बीमारी परिएला, यस्तो बेलामा त काम गर्न पनि नसकिने, कमाई पनि नहुने।
यसै बिच यी दुइ केटा मध्ये जनले एक दिन टम लाई भन्यो हेर टम यो बाल्टीमा पानी बोकेर कति दिन सक्ने कहिले बीमारी भईएला कहीले काम गर्न मन नालग्ला।म चाही यो खोलामा बाध बांधी पाइपबाट पानी बितरण गर्ने बारेमा सोच्दै छु त के भन्छस।
टमले जनलाई खूब गाली गर्यो त पागल भईस की क्या हो? यती ठुलो खोला छेकी बाँध बाँधेर कही पानी सप्लाई गर्न सकिन्छ।
जन र टममा मन मुटाब भयो।जन लाग्यो बाँध बाधन, टम लाग्यो आफ्नै काम बाल्टी बोक्न । टमले तत्काल त बढ़ी नै काम पायो ,र जनलाई नाना भाती भनेर, गरेर जिस्क्याउन थाल्यो lयता जन कस्ले के भन्छ भनेर वास्तै नगरी दिन रात नभनी काम गर्न थाल्यो l जब उसले निकै कम गरेर बाध आधा भन्दा बाँध्यो टमलाई इर्स्या हुन्थाल्यो । यसरी ६ महीना लगाएर जनले पानीको पाइप बिछयाएर पानी गाउलेलाई बेच्न थाल्यो l त्यस पछी टमको बाल्टीको पानी कसैले किनेनन।जनले अफ्फुले सोचेको काम इन्मंदारी साथ गर्यो र उ सफल भयोl
हाम्ले पनि यस्तै निरंतरता भएको काम गर्नु पर्छ।बाल्टी हैन पाइप लगाउन तिर सोच्नु पर्छ l