Sunday, January 24, 2016

शंघाईका समझानाहरु

(Shanghai is probably the largest and most dynamic city in the world. I was really impressed by the development of Shanghai city, I have had an opportunity to visit Shanghai, Beijing, Hangzhou and Guangzhou. I will certainly write its English version if I get the time, but at the moment I am writing it in my native language Nepali)


संसारमा हरेक जातिका रंगका मानिस बस्छन्।ती मध्ये चिनियाहरु यस्ता हुन जस्ले असाध्य मेहनत साथ काम गरे।चिनिया सरकारले पनि  छोटै समयमा चीनलाई एउटा संबृद्ध राष्ट्र बनायो।चिनिया अर्थतंत्रले यस्तो फड्को मार्यो, की आज चीनी अर्थतंत्र एक नम्बरको भई सकेको छ।
धेरै भूमिका नबाधि म, मेरो आखाले देखेको चीनको खास गरी संघई सहरको आफ्नो यात्रा स्मरण लेख्छु।
समय २०१२ अन्त्य तिरेको हो।म र मेरा दुइ मित्र चीनको आफ्नो ब्यापारिक कामको सिलसिलामा करीब बिस दिनको भ्रमणमा निस्कियौ।साउदर्न चाइनाको करीब मध्य रातको फ्लाइट बाट काठमांडूबाट गोंझाउका लागि उडियो।बिहान झिस्मिसेमा गौंझाउ ल्याण्ड गर्यो जहाज। हाम्रो पहिलो चिनिया गन्तब्य शंघाई थियो त्यसले गौंझाउ ट्रांजिट हुदै हामीले शंघाईको लागि उडनु यो।करीब दुइ घंटाको कुराइ थियो त्यों।गौंझाउ पनि चीनको ठुलो शहर हो, शंघाई र बीजिंग पछाडीको तेस्रो ठुलो शहर।

नेपालीहरु बोक्ने चिनिया बिमान 

नेपाली ब्यापारी हरुले चिनिया सामान ल्याउने गन्तब्य हो गौंझाउ।काठमांडूबाट गौंझाउ उड़ने करीब १२० सीटे जहाजमा सय जना भन्दा बढ़ी त नेपाली नै हुन्छन्।बाकी चिनिया र अन्य देश पर्यटक हूदा रैछन।सय जना नेपाली नेपालीमा नब्बे भन्दा बढ़ी नेपाली ब्यापारी र बाकि केही छिट पुट नेपाली बिद्यार्थी, मेडिसिन,इंजिनीअरिंग, र अन्य प्राबिधिक बिषय पढ़ने हुँदा रैछन।
गौंझाउ एअरपोर्टको बहिरीने प्रक्रिया पूरा गर्दै एक्स रे मसीन बाट सूटकेस छिरी आउँदा सेक्यूरिटीले मलाई सूटकेस खोल्न भन्यो।म अलमलमा परे, त्यस्तो त केही सामान थिएन । सेक्युरिटीले मेरो सूटकेस, चाउचाउ,केही जोर लगाउने कपड़ा भित्र खोजेर दारी काटने ब्लेड, मसीनबाट निकाल्यो, उनिहरुले एक्सरे मसीनबाट उक्त ब्लेड देखि सकेका रैछन।हाम्रा एअरपोर्टमा चाही एक्सरे मसीन बाट यसरी ब्लेड लगायतका सामान नदेखाउने रैछ क्या हो ?
साउदर्न चाइनाको अर्को प्लेन चढ़ी हामी लाग्यौला, शंघाई तीर। अहिले समझना गरे अनुसार करीब ३ घंटा पछि शंघाईको फुदुंग इंटरनेसनल एयरर्पोर्टमा अवतरण गर्यो ।फुदुंग भनेको बिशाल क्षेत्र संघई शहरमा पछि थपिएको क्षेत्र रहेछ।

२०१३-१४ सम्म आई पुग्दा शंघाईको जनसंख्या तिन करोड़ पुगेको देखिन्छ।इतिहास हेर्दा संसारको ठुलो सहर बन्न यसलाई टोकियो,काइरो,न्यूयॉर्क लगायतका सहरले चुनौती दिएको या उछिनेको समेत देखिन्छ।
शंघाईको फुदुंग एरियाको चार तारे होटलमा, नै बुक गरिएको थियो।जून होटल शंघाई इंटरनेसनल एक्जिबिसन सेंटरको नजिकै थियो, जून एक्जिबिसनमा हामीहरु २-४ दिन लगातार जानू थियो।

होटेलको ब्रेकफास्ट 

होटेल्को ब्रेकफास्टमा सम्पूर्ण खान पान हाम्ले सुने जस्तै थियो।उसिनेको अंडा,उसिनेकै तरूल अनि मकै पनि उसिनेकै।चाइनीज हरुको ब्रेकफास्ट ग्रीन टी बाट सुरु हुन्छ ।उनि हरु यो चिया दुइ तिन गिलास खाद रैछन।त्यस पछि माथि भनिएका उसिनेका बाहेक बफेट अन्य चयनीज,कांटिनेंटल खनाहरु थीए। सच्चै भन्ने हो भने चिनिया खानालाई बिश्वको उत्कृस्ट खाना त्यसै भनिएको होइन रहेछ।

कम्युनिस्ट सरकार 

चीन कम्युनिस्ट देश हो, त्यसैले त्याहा धेरै कुराहरुमा लगाम लगाइएको छ भन्ने हाम्लाई लाग्न सक्छ।तर त्याहा भ्रष्ट्रचार लगायत, अन्य अपराधिक क्रियाकलापमा मात्र कानून कडा छ।सरकार तथा कम्यनिस्ट नेतालाई आलोचना लगायत वाक स्वतंत्रता एक दमै कड़ाई साथ पालन गर्छन्।त्यसैले त्याहा फेसबुक युट्यूब लगायतका सामाजिक संजालहरु चलाउन बन्देज छ।तर क्यूँ क्यूँ (qq) उनिहरुकै माइक्रो ब्लागिंग साईट एकदम पॉपुलर छ।अनि लगाउने लुगा पनि केटीहरुले एकदमै छोटा छोटा लगाएर हिडेको पनि देखियो तर पनि तिनलाई हेर्ने पछ्याउने सिटी बजाउने भारतीय र नेपालीले जस्तो गरेको देखिदै देखिएन्।

ब्यस्त र मस्त 

शंघाईको मेट्रो रेल पूर्ण रुपले भूमिगत छ।मेट्रोमा प्राय कसैले एक अर्कामा गफ गरेको एकदमै कम देखिन्छ।मेट्रो भीत्र उनीहरु प्राय सबै ठुला ठुला स्क्रीन भएका मोबाइल र ट्याबमा उनिहरुकै सामाजिक संजालमा च्याटमा ब्यस्त देखिन्छन्।कानमा इयरफोन र हातका दुबै बूढ़ी औलाहरु टच की बोर्डमा नाचिरहेका दृश्य सबै तीर देखिन्छन्।एप्पलका प्रडक्ट खास गरी आइ फोनको क्रेज बढी नै देखियो l शंघाइको एप्पल स्टोरमा मान्छेहरु लामै लाईनमा बसेर आइ फोन किनेको देखियो l केहि समय अघि त एक बिध्यार्थीले, आइ फोन किन्न घरबाट पैसा नपाए पछी , मृगौला बेचेर आइ फोन किनेको मिडियामा समाचार समेत आएको थियो l 

भाषाको समस्या 

चीनमा बिदेसीहरु लाई भाषाको समस्याले चाही सारै सताउछ।हामी पनि धेरै पटक यस्तो समस्यामा परयौ।
मेट्रोमै यात्रा गरी फर्कदा हामी बसेको होटलको को कार्ड देखाएर आउने तीर की जाने तीर थाहा नभएर सेक्यूरिटी गार्डलाई सोधेको चांग चुंग छांग च्युंग मात्रै भनेर धेरै बोली रह्यो ।अनि दू यू नो इंग्लिश? भन्दा नी त्यसै गरी चाइनीजमैं फालेकी रह्यो।अन्त्यमा एउटा इंग्लिश बुझ्ने जस्तो केटोलाई सोधेको, निक्कै राम्रो इंग्लिश बोल्ने त्यों केटाले सबै कुरा बताई दियो।

एअरपोर्ट बाट निस्कने बित्तिकै टयाक्सी संपर्क गर्दा भाषाको समस्या देखियो।अंग्रेजी उनीहरु नबूझ्ने हामी चाइनीज नबुझने।तर हामी सँग एउटा इमेलको प्रिंट आउट थियो, जसमा हामीलाई आमंत्रित गर्ने कंपनीले अंग्रेजी बाहेक चाइनीज क्यारेक्टर (भाषा) मा समेत लेखिदिएको थियो। जसमा उनीहरुले उक्त चाइनीज भाषामा लेखिएको ढेग़ाना , टयाक्सी ड्राइवर र अन्य समन्धितलाई देखाउन भनेका थीए । त्यसैले चीन जाने जो सुकैले नाम ठेगाना इत्यादि जरुरी चीजहरु चाइनीज भाषामा लेखेर लगेकै राम्रो।अथवा अहिले त मोबाइल, ट्याब जस्ता डीभाईस हात हातमै हुन्छन् ।गूगल ट्रांस्लेसनको सहारा लीन पनि सकिन्छ। आजकलका नया पीढ़ीका चिनियाहरु अंग्रेजी माध्यममा पढेका पनि छन।चाइनीजहरु आफनु भाषा बाहेक त्यति मन पराउदैनं।
स्कूल पढ़दा हाजिरी जबाब प्रतियोगिता भाग लिईन्थ्यो, मलाई अझ सम्म याद छ, सामान्य ज्ञानको किताबमा, संसारको सबै भन्दा ठुलो शहरको नाम के हो? भन्दा उत्तर थियो शंघाई "शंघाई" ।आज भन्दा ३०-३५ बर्ष अगाडि शंघाईको जनसँख्या एक करोड़ थियो।र यो सहरले ओगटेको क्षेत्रफल पनि संसारका सब्बै सहर भन्दा बढ़ी थियो।

भाषाले दिएको दुखको क्षण 

चाइनीजहरु प्राय खाना बाहिरै रेस्टारेंट तीर खाएको देखियो।
एउटा बच्चा त्यों पनि ट्रलिमा राखेर घुम्न र खानका लागि साँझ तीर देखिने दृश्य सामान्य हो।
नेपालबाट संघाई जानेले एउटा होल फ़ीस बन्ने माछको पर्रिकर चै खानु है भन्या थीए।त्यसैले मैले साथीहरुलाई भने।होल फ़ीस खान घुम्द घुम्दा गरेर एउटा रेस्टोरेंटमा छिरियो।टेबुल मै ग्यास चूल्हो जडान गरिएको र तिनै चुलो हरुमा राखिएका खाना सपरिवार बसेर झिक्दै खाडै गरेको दृश्य देखियो।हाम्ले पनि मेन्यू हेर्यौ।चाइनीज भाषाको मेन्यूमा केही बुझिएन।हाम्ले इंग्लिशमा भंयौ, उनिहरुले बुझेनन।मैले न्यापकिन पेपरमा अंग्रेजीमा फ़ीस लेखेर देखाए,बुझेनन अर्का मित्रले पेपरमा माछाको चित्र बनाए, एउटीले बुझे झै गरी झोलामा राखेको केही देखाइ, हाहा त्यों त कछुवा रहेछ।तर संगोग बस हाम्रै छेउमा माछा राख्ने एकुरिउम बाट माछा जिउदो माछा निकल्दै रहेछ।हाम्ले हो यो भने पछि उनिहरुले बुझे।

चिनिया रेल 

संघाई सहरभित्र चल्ने मेट्रो रेल पूर्ण रुपले भुमिगत छ l यो २४ घण्टा चलिरहन्छ l रोकिने,चल्ने ढोकाहरु बन्द हुने, कुन ठाउँ आउदै छ आदिको जानकारी कम्प्युटर प्रबिधिबाट हुने रैछl
९०प्रतिसत भन्दा बढी मानिस मेट्रोमा नै यात्रा गर्छन्।आफ्नो निजी गाड़ी हुने पनि सबवे को पार्किंगमा गाड़ी राखेर मेट्रो नै चड़छान,किन भने यसमा आफु पुग्ने ठाउँमा २-४ मिनट पनि ढ़िलो हुँदैन।प्रत्येक दिन प्रत्येक पटक कम्प्यूटरकृत समय अनुसार २४ सै घंटा एस्ले फन्को मारी रहन्छ।

शंघाई हांगकिओ रेल स्टेसन जहाबाट विभिन्न सहरका लागि बुलेट रेल छुट्छन 

४०० किमी प्रति घण्टा कुद्ने लामो दुरी चल्ने रेलहरु चाही शंघाईको हंकियो रेल स्टेसन बाट छुट्दा रैछन l यहाबाट चीनका ठुला ठुला सहरका लागि यस्ता बुल्लेट रेलहरु छुट्दा रैछन l हाम्ले यहि बाट संघाई बाट करिब ३५० किमि को दुरीमा रहेको हांगझौ सहर करिब ४०-५० मिनेटको समयमा यात्रा गरेउ l रेल भीत्रको सजावट सूचना दिने डिस्प्ले सिस्टम , कम्पुटर, सेवा सुबिधा टिवी आदि हवाईजहाज भन्दा राम्रा र स्तरीय थिए l डिस्प्लेमा रेलको गति , तापक्रम, आउन लागेको ठाउँ इत्यादिको जानकारी आइरहन्थ्योl गति चाही ३९७ , ३९८ किमी प्रति घन्टाको देखिन्थ्यो l 
पाहिले ४५० सम्म कुदाईएका यी रेलहरु केही दुर्घटना भए पछि स्पीड ४०० मा झारेको बुझियो।तर यी रेलमा यात्रा गर्दा नी यती स्पीडमा कुदेको छ, जस्तो नलाग्ने।


किन चिनियाहरु फिट छन् ?

खान पान, दिनचर्या , रहन सहन र पुर्खेउली रगतका कारण होलाकी प्राय यसो पेट बाहिर निस्केका मन्छे भेट्टाउन मुस्कील पर्ने l त्यसैले पनि होला खेलकुदका प्रतियोतामा चिनिया हरु अब्बल छन् l 


नाइट लाइफ (रातिको जिन्दगि )

दिनभर काम गर्ने साझ परे पछि एउटा बच्चालाई बोकी या ट्रलीमा गुड़काउदै रेस्टुरेन्ट तिर खान जाने गर्दा रहेछन l आजकाल पिढीहरु त घरमा खाना नै नबनाउने रहेछन l हजुरआमा भएका घरको भान्सामा चै घरमा खाना बन्ने कुरा एक चाइनिज मित्रले बताए l
दिनभर काम गर्ने हरु रातको झिलिमिलीमा रातको १-२ बजे सम्म पनि खान पान ,गाना नाच्ने गाउने , खेल्ने 
आदिमा रमाईरहेको देख्न सकिन्छ् l रात्री कालिन समयमा पनि सहर निदाएको हुन्न l 

नेपाली किचेन संघाई 


    Address: 819弄4 Julu Rd, Jing'an, Shanghai, China

जुलु रोड़मा रहेको यो मुस्तांग तिरको घलेको रेस्टुरेन्ट शंघाईको प्रसिद्ध  मध्ये एउटा हो l इन्टरनेटमा ४-५ स्टार रिभ्यु भेटिन्छन l नेपाली पन झाल्क्यौने एक दमै राम्रो सजावट छ l मैले पनि इन्टरनेटमा खोजेर फोन नम्बर लगेको थिए l काम लागेछ l

किनभने त्यहाँ यति भिड हुने रैछ , कि फोन गरेर नाम बुक गरे पछी मात्र इन्ट्री पाइने रैछ् l मैले फोन गरे एकजना नेपाली भाइले नै फोन उठाए र नाम टिपे पछि ट्याक्सी ड्राइभरलाई चाइनिज भाषामा उनले त्यहाको लोकेसन बताईदिए l राम्रो लाग्यो साज सजावट , खानपान असाध्यै मिठो लाग्योl चाइनिज हरु टेबल बुक गरी गरी आउदा रैछन यहाँ खाना खानl

फ्लाई ओवर र अग्ला अग्ला घरहरु 

शंघाईमा काठमाडौँका जस्ता २-४ तले ६-७ तले घरहरु देख्न मुस्किलपर्छ l सब्बै अपार्टमेन्टमा बस्ने भएकोले होला २५-५० तले घरहरु धेरै छन् l संसारकै एक प्रमुख आर्थिक केन्द्र भएका हुनाले तलै गन्न गार्हो हुने ब्यापारिक भवनहरु पनि धेरै छन् lहामी जादा बन्न सुरु भएको शंघाई टावर , बुर्ज खलिफा दुबई पछिको संसारको अग्लो टावर पनि २०१४ सम्ममा तयार हुन् ठडीदै थियो l संघाई एक किसिमले
तवारै टावरको सहर हो l यहाका फ्लाईओवर देख्दा मान्छेले पनि यस्तो संरचना बनाउन सक्छ भने झैँ लाग्ने l

साइट सिइग डबल डेकर बसमा 

संघाई एकदमै पुरानो इतिहास बोकेको सहर हो l यहाँ घुम्न लाइकका धेरै ठाउँ हरु छन् l बिहान डबल डेकर बसमा चढेर घुम्दा बेलुकी सम्म पनि गिने चुनेका ठाउँ भन्दा बाहेक सबै तिर पुग्न सकिदैन l तोकिएको शुल्क तिरेर टिकट लिए पछि यी बसहरुले संघई शहरका पॉपुलर टूरिस्ट डेस्टिनेसंन पुर्याउछन।
द band संघाईको मुटु मानिन्छ l प्राय संघाई जानेले पानीको दृश्य सहित पछाडी देखिने पर्ल टावर पृष्टभूमिमा देखिने गरी तस्बिर खिचाउने गर्छन l
संघाई मा नानजिंग रोड़ संसारकै ब्यस्त शपिंग सेन्टर भएको ठाउँ हो l यहाँ दिन भन्दा रात रमाइलो हुन्छl
शंघाईको विश्व प्रसिद्ध नापू ब्रिज फ्लाई ओवर र पृष्टभूमिमा देखिएको पर्ल टावर 


सरसफाई र हरियाली , फराकिला र चिल्ला सडकहरु 

हुन त १५-२० दिन चिन घुम्दा ग्रावेल र धुले सडक कहिँ देखिएन l कालोपत्रे गरेका सडक कहिँ फुटेका टालेका पनिं कहिँ देखिएन l चौडा र चिल्ला सडकमा ९० १०० को स्पीड मा गाडी दुदेको पनि देखियो l मान्छे कोइ पनि जेब्रा क्रस बाट मात्रै त्यै पनि हरियो बत्ति बले पछी मात्र बाटो काटेको देखिन्छ l 
चौडा सडक का दुवै तिर फराकिला सफा फुटपाथ, ए सबै सडकका दुवै तिर हरिया रुख, फूलहरु बडो मनमोहक देखिन्छन् l महानगरका सरसफाई कर्मचारी झोला र स साना चिम्टीले मसिना मसिना कागज र फोहरका टुक्रा टिपेको देखेर मेरो मन रोयो l त्यहाँ हेरेर काठमाडौँ त नर्क कुण्ड झैँ लाग्ने l सेतो सर्ट र काला तिल्लिक पालिस गरेका जुटा लागेर दिनभर घुमे नि न जुत्तामा न शर्टमा कुनै फरक देखिने ।

मैले शंघाईलाई वा चीनलाई बुदागत रुपमा यसरि भन्छु