हाम्रो समाजको विश्वास अन्ध विश्वास
हाम्रो समाजमा ज्योतिष,जान्ने, चीना हेर्ने,हस्त रेखा हेर्ने,धामी,झाक्रि बाबा,आदि प्रति धेरैको बिस्वास रहदै आएको छ।यस्तो बिस्वास हुनुमा व गर्नुमा ब्यक्तिको इंटेलिजेंस र पढाई गुणाईको ठुलो महत्व हुन्छ।के कुरोको पनि लजिकल एग्जिस्टेंस हुन्छ। नुन र चीनी हेर्दा उस्तै हुन्छ तर नुन कहिल्यै चीनी हुन सक्दैन र चीनी कहिल्यै नुन हुन सक्तैन।माथि उल्लेख गरिएका ज्योतिष लगायतका पेशामा भएका ब्यक्तिले कसरी समस्या उठान गर्छन्, तिनको कसरी आफ्नु तथाकथित रुप देखाइ मान्छेलाई बेबकूफ बनाउछन, कसरि ? कोही मानिस ज्योतिष,जान्ने, हस्त रेखा विद , बाबा,धामी झाक्रि आदिको मा किन जन्छन भन्दा, उत्तर एउटै छ, समस्यामा परेर।
को जान्छन ज्योतिष भेट्न
जसरी बिरामी हुँदा मान्छेहरु डाक्टर भेट्न जान्छन त्यसै गरी जिबनमा आइ पर्ने बाधा अड्चन जस्तै गरेको काम नबन्ने,पढ़ाई गर्न नसक्ने, ब्यापार करोबार, नचल्ने, ऋण लाग्ने, संबंध खराब हुने,परिवारिक कलह हुने ,लगायत यस्ता धेरै समस्या परेर जन्छन। ज्योतिष लगायत यस्ता जान्नेहरु, आम मान्छेका आम समस्याका बारेमा पूर्ण रुपले अबगत हुन्छन l यिनलाई कसरी आफ्नो क्षमता देखाउने र प्रभाव पर्ने भन्ने बिषयमा यिनीहरु निपुण हुन्छंन l
यो घटना राम्ररी पढौ त, मैले भन्न खोजेको गाठी कुरो यहि छ
लौ यो उदाहरण हेरौ मैले भोगेको हो यो, अरुले पनि पाठ सिकुन भनेर यहाँ प्रस्तुत गर्दैछु।
कुरा ५-७ बर्ष अगाडिको हो lमलाई मथी भनिए जस्तै केही समस्या ,गरेको काम केही पनि नबन्ने, भए भए पछि शारीरिक र मानसिक थकित भैयो।घर परिवार ले खास गरी आमा ले बीभिन्न ज्योतिष हरुलाई देखाउनु भयो। काल सर्प योग रैछ, चार जना ब्राहाण राखेर पूजा पाठ, हवन, यज्ञ,स्वस्ति शांति शांति आदि गरउनु पर्छ,र गरईओ पनि।
केही सुधार भएन।मलाई त थाहा थियो मान्छे को जिंदगी मा उतार चडाव हरु आउछन l तर पनि म पारिवारिक दवाबमा परेर , रबि भवन स्थित ठुलै बोर्ड टागेर रेडियो हरु तिर पनि यस्तै ज्योतिष समन्धी कार्यक्रम चलाउने ज्योतिष कहाँ पुगियो l ल्यापटप मा दाता हरु इन्ट्री गरी भने तपाइलाई त काल सर्प योग रहेछ , यसले खुब सताउछ lमैले उनलाई भने अब यसको उपचार चाही के हो त? उनले त्यसै गरी ब्राह्मण हरु राखेर हवन यज्ञ स्वस्ति सान्ति गर्नु पर्छ l नाग पंचमीका दिन यस्तो यस्तो गर्नु पर्छा भने l
मैले उनलाई भने हेर्नुस गुरु मैले यी बिधि हरु सबै गरी सकेको छु l त्यस पछी तपैले ति बिधी गरिसक्नु बहेको भए अब तपैले सुन या तामाको औठीमा मुगा भन्ने पथ्थर राखी प्राण प्रतिष्ठा गरेर धारण गरेमा सब ठिक हुन्छ भने lत्यो कहाँ पाइन्छ भन्ने चिन्ता नगर्नुस यो भिजिटिंग कार्ड लिएर जानुस उनीहरुले तपाईलाई बनाउन केहि समय लिन्छन, त्यस पछि म कहाँ ल्याएर प्रण प्रतिष्ठा (दुध चामल मा राखेर गर्ने बिधि) गरे पछि उनीहरुले बोल उ छ न l त्यस पछि धरद गर्नु होला l
म त्यो कार्ड लिएर पुजासुन छाडी पसल कलंकीमा गए l त्यहाँ दुइवटा दाम बताइयो मुगा सहित तामाको औठिकोl ११ हजार र ६ हजार , लौन त सक्कली भए ११ हजारकै लागौछु भने l
केहि दिन पछी प्राण प्रतिष्ठा गरेको औठी पाए र धारण गरे l समय चली रह्यो l करिब दुइ महिना पछी
के भयो त
एकदिन बिहान उठे पछि यसो हेर्दा मेरो औलामा औठी थिएन lदया बया खोजे कतै भेटिएन l धेरै बेर सोचे बल्ल याद आयो साँझ केहि फोहर जम्मा गरेर आगो लगाएको थिए l गैर हेरे औठी त्यहि थियो , तर त्यस्स्मा राखेको ११ हजारको मुगा पथ्थर त प्लास्टिकमा बाहिर बाट मुगाको रंग मात्रै रैछ l अब त्यसमा प्लास्टिक अलिअलि सेतो भाग मात्र बाकी रहेको थियो l
सिधै कलंकी पुजा सुन चादी पसल गए l सटर बन्द थियो l ओल्लो पसलेले सोधे "उनिहरु त पसल छोडेर भागी सक्यो भन्यो l मैले आफ्नो वृतान्त सुनाए l तपाइलाई पनि ठगेछ भन्यो l धेरैलाई त यिनीहरु ले सुनमा ठगेको थियो नक्कली दिएर l
त्यस पछि रबिभवन गए , त्यहाँ न ज्योतिषको बोर्ड थियो न ज्योतिष बस्ने ठाउँ ..........विश्वास सजिलै नगरम