यसबीच मलाई खुब मनपर्ने गोपाल योंजनको एउटा गित रेडियोमा बज्योl "खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लाज छोपिन्न" म झुक्दै नझुक्ने नेपालको छोरो ..................
मागेको धोतीले मेरो लाज छोपिन्न" म झुक्दै नझुक्ने नेपालको छोरो ..................
मलाई त्यसपछि यो बस्त्रका बारेमा खुल्दुली भै रहयो l म तराई मै जन्मे हुर्केको मान्छे, तराइमा धोति कुर्ता गम्छा लगाएको धेरै देखेको छु l काठमाडौँ आए पछी पनि पहाडी ब्राह्मणले समेत धोति कुर्ता लगाएको देखेको छु l
एक दिन एकजना माडवारी मित्रले फोन गरे " दाइ तपाइलाई भेट्नु थ्यो तर हेर्नुन इन्डिया बाट एउटा धोति आएको छ उसको लेक्चर अझै दुइ दिन छ ,त्यसपछि भेटौला "l एउटा बर्गलाई लक्षित गरि भनिने यो शब्द मैले पैले पनि सुनेको थिए l तर यो धोति शब्द बास्तबमै के हो त भनेर गूगलमा खोज्दा मा अचम्मित भएl गूगल खोजमा त धेरै जस्तो इंडिया र तराई मधेशका एक वर्गलाई भनिएका लिंकहरु मात्रै भेटिए l अझ गहिरो खोज गर्न आवस्यक देखे l
हाम्रा पुस्ता जो पैन्ट शर्टमा ठाटिन्छन , यिनका पिता पुर्खाले चाहिँ के लगाउथे?
"मागेको धोतिके मेरो लाज छोपिन्न" भनेर गोपाल योन्जनले किन भने ? के त्यो एउटा बिम्ब मात्र थियो ? उनले पाइन्ट , सुरुवाल वा अन्य कुनै बस्त्रको प्रयोग किन गरेनन ? मेरा बुवाले भलै कर्मकाण्ड पुजापाठमा मात्रै लगाउनु भो तर किन लगाउनु भो? जजमानी कम गर्ने गुरु पुरोहितहरुले किन धोती कमीज लगाउछन? यी सबै तर्कले मलाई अझ गहन खोज गर्न प्रेरित गर्यो l
अनि नेपाली इतिहास नै हेर्नु पर्ने भयो l यसका लागि इतिहासका चर्चित पत्राहरुले के बस्त्र पहिरिन्थे ? भन्ने खोज गर्नु पर्ने भयो l
बिसे नगर्ची
बिसे नगर्ची जसले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको उध्रिन लागेको सपना सिलाइदिएl जब जित गोरखाको भयो सरदार दल्भंजन बाहेक लमजुंगका महिधर समेत अरु सबै चौबिसिलाई बिसे नगर्चीको धोती टांगी धोतीमनि छिराएlअन्य प्रसंगहरु
ब्राम्हण जाती अन्तरगत पर्ने भएकोले पुरुषहरुले पुजाआजामा सेतो रङ्गको धोती र कमिज लगाउने चलन छl जति खोज्दा गए पनि सनातन हिन्र्दादु धर्ममा धोतीलाई मर्दा पर्दाको पवित्र बस्त्र भनेर उल्लेख गरेको पाइन्छ्l
भगवान बिष्णुका बिभिन्न अवतर , राम, कृष्ण आदिका तस्बिरहरू तपाईंका घरमा , पूजाकोठामा हुन सक्छन्। के तपाईंले नियालेर हेर्नु भएको छ।
पौराणिक ग्रन्थहरूमा राजा, महाराजा, ऋषिमुनि तथा आम मान्छेहरूले पनि धोती लगाएको उल्लेख गरिएको छ।रामायण महाभारत जस्ता टिभि सिरियलहरूमा पनि धोती नैं लगाएको देखिन्छ।
काठमाडौंलाई मन्दिरै मन्दिरको शहर भनेर पनि चिनिन्छ। मठ मन्दिरहरु हाम्रा आस्थाका केन्द्रबिन्दु हुन्।मन्दिर सम्झँद भगवतीको मूर्ति, टुपी पालेको, जनै पहिरेको, धोती लगाएको, सात्विक भोजन लिने बाहुन पुजारीको तस्बिर मानस्पटलमा आउँछ।
गोरखाको माई भगवती मन्दिरमा दशैँ को फूलपातीमा धोती र गादो लगाएर हतियार सहितको यात्राका क्रममा १ राँगो र १ बोकाको बलि दिने प्रचलन छ
केही समय अगाडि अन्नपूर्ण पोस्टमा यस्तो पनि पढ्न पाइयो "भुवन चालिसे (२७) दिनभरिको अन्य काम सकाएर हरेक साँझ पशुपति आउँछन्। लगाएको पाइन्ट, टिसर्ट सर्लक्क खोलेर ब्यागमा कोच्छन् र धोती, दुपट्टा, भोटोमा सजिन्छन्। उनी स्पोर्ट्स सुज र मोजा फुकालेर खाली खुट्टा आरतीमा बस्छन्"
बारह खरीमा प्रकाशित एक पुरेत्याइँ गर्ने छोरो भन्छन्।
"बाले जस्तै मैले पनि सानो छँदा धोती लगाउँथें । मन्दिरमा चढाएको सेतो, पहेंलो जस्तो कपडा हुन्छ, त्यसलाई कम्मरमा बेरेपछि धोती भइहाल्यो । सजिलो पनि, किन्नु पनि नपर्ने
मैले बाहुनको धोती, थर, टुप्पी, जनै त पहिले नै काटिसकेको थिएँ । बाँकी भएको एकमात्र चिनो मेरो त्यो तिखो नाक चक्कुले काट्न त सकिनँ तर लोकसेवामा फेल भएर काटें"
अर्को समाचार
"२०६८ चैत २६ गतेदेखि गत पुस मसान्तसम्म मन्दिरमा चढाइएका लत्ताकपडाको विवरणअनुसार २ हजार ४ सय ६ थान धोती, १ हजार २ सय ७३ थान साडी, १ हजार २ सय ९० पिस कपडा, २ सय ४६ वटा गन्जी, १ हजार ४ सय १२ पिस प्लाउज कपडा र १९ जोर मोजालगायतका सामान छन् । कोषका अनुसार यो अवधिमा १ सय ७१ ग्राम सुन र १४ किलो ८ सय ९० ग्राम चाँदी पनि संकलन भएको छ "
यस समाचार अनुसार पशुपति मन्दिरमा चढाउने प्रमुख वस्तुहरुमा धोती पनि आउने रैछ।
साउथ इन्डिया
साउथ इन्डियामा धोतीलाई पहिरनको प्रमुख बस्त्र मानिन्छ। झन् पूजाआजामा त यो ना भई हुँदैन।
२०४३ सालमा तत्कालिन राजा सार्क शिखर सम्मेलनमा भागलिन भारतको बैंगलोर गएका थिए। त्यति बेला राजारानी तिरुपति बालाजी मन्दिर दर्शन गर्न गए। पूजाको चाँजोपाँजो पनि मिलाउन राजदूतलाई भनेको रहेछ। दर्शन पश्च्यात पुजोको कुरो चल्यो। पूजा गर्न छुट्टै मण्डम बनाउनु पर्ने धोती लगाउँनु पर्ने कुरो आए। तर त्यसबेला पर्याप्त तयारी नभएको भन्दै रानी ऐश्वर्याले राजदूत लगायतलाई गाली गर्दै दर्शन मात्र गरेर फर्किए।
पहाडी बाहुन भेर्सेस मधेशी (मैथली) बाहुन
बर्षो अघि सप्तरीको तिलाठी गएको थिए l त्यहाँ एक रत बसे पनि l तर त्यतिबेला यस गाउ लाई नेपालकै पूर्ण साक्षर र धेरै पढेका गाउको रुपमा जानिथ्यो l सायद यो अझै पनि होला l यहाँ डाक्टर , एन्जिनिअर् , विभिन्न विषयका प्राबिधिक र बिज्ञ थिए l मैले त्यस बखत गरेको अनुभब अनुसार मैथिली र पहाडे ब्रम्हाण्डले गर्ने पुजा आजा , मन्त्र प्रक्रिया आदिमा केहि भिन्नता पाइन् l अनुहारका बनावटमा पनि झा, मिश्र लगायतमा धेरै भिन्नता देखिन l भाषा र पहिरनमा चाहिँ केहि भिन्नता थीयो l
कब् किन भन्छन त पहाडे खस पर्वते बाहुनहरुले यसलाई नस्लाभेदी रुपमा प्रयोग गर्नु आफैलाई गिराउनु हो किनकी धोति हाम्रा पितापुर्खा हरुकै पहिरन हो l यसलाई रेसिज्ममा जोड्नु खासगरी खस ब्रह्माण्डहरुको पाखण्डी सोच हो l मैले " धोति न टोपी " भन्ने वाक्य सुनेको छु l यसको मतलब इज्जत र बुद्धि भन्ने बुझाउछ l त्यसैले इज्जत जोगाउन बुद्दी लगाउ l आफ्नो बेइज्जत आ फ्फै नगरौl
धन्यवाद !!