Saturday, May 14, 2022

कुरो खुशी रहनुको

हामी मध्ये धेरैजसो लाई यो कुरो थाहा नहुन सक्छ। मान्छे किन दुःखी हुन्छन।
यहाँ म त्यस्तो हर्मोनको व्याख्या गर्न चाहन्न, जसले मान्छेलाई सुखी र खुसी बनाउँछ।तर उल्लेख चाहिँ जरूर गर्न चाहन्छु।
डोपामाईन जब शरीरले निकाल्छ तब मान्छे हर्षित हुन्छ भनिछ। तर डोपामाईन जसलाई ह्याप्पि भनिन्छ सायद कुनै क्षणिक समय मात्र रहन्छ। भिडियो गेम खेल्नेले खेल्न पाएन भने उ उदास रहन्छ तर खेल्न पायो भने ऊ खुसी हुन्छ। तर यो खुसीको कारक डोपमाइन न भएर एण्डोरफिन भएको आजकाल बताइदै छ।
एक पटक एक दुःखी व्यक्ति डाक्टरलाई उसको क्लिनिकमा गएर भेट्छ।आफू अत्यन्तै दुःखी र उदास रहेकोले औषधि दिनको लागि डक्टरलाई भन्छ।
डाक्टरले भन्छ यसरी औषधि तिर नलाग यो यसले भन्दा बरु व्यस्त रहन सिक, आफ्नो प्यासन को काम गर।
डाक्टरले सायद उसलाई राम्रै भनी रहेको थियो।तर त्यो व्यक्तिलाई त औषधि (ट्याब्लेट) चाहिएको थियो।उसले जिद्दी गरी रह्यो।अन्त्यमा डाक्टरले भन्यो "यता अगाडि  एउटा सर्कस छ, त्यहाँ जाऊ एउटा जोक्कर छ उसले जे गर्छ त्यो हेर तिम्रो दुःख दर्द सब ठीक हुन्छ।
उसले भन्यो डाक्टर साब म त्यही अभागी जोकर हु सबलाई हसाउँछु ।अरु हासुन्जेल म पनि खुसी नै रहन्छु तर बाँकीको मेरो दुनिया उदास छ।
जय एण्डोरफिन!


Friday, September 3, 2021

कुरो अनुभबको

कुरो अलिक पुरानै हो। एक पटक एउटा जहाजको इन्जिन स्टार्ट भएन। जहाजका सबै प्रबिधिकले कोशिश गरे तर त्यो स्टार्ट नै भएन।अन्त्यमा एउटा पाको अनुभवी इन्जिनियरलाई बोलाइयो।
इन्जिनियरले राम्रोसँग इन्जिनको निरीक्षण गर्यो। अनि चुपचाप आफ्नो टुल बक्सबाट हतौडा निकाल्यो, अनि इन्जिनमा ट्याक्क हान्यो।इन्जिन फ्याटै स्टार्ट भयो।
आफ्नो ज्यालाको बिल बनाएर साहूलाई दियो। साहु बिल देखेर हैरान भयो र सोध्यो "एक पटक हतौडा मारेको दस हजार डलर?
 इन्जिनियरले भन्यो "हतौडा मारेको त केवल दुई डलर मात्रै हो तर बाँकी रहेको नौ हजार नौ सय अन्ठानब्बे डलर चाहिँ कहाँ हान्ने भनेर पत्ता लगाएको हो।
छैन त कुरो गज्जबको अनुभवको 

Wednesday, July 28, 2021

कुरो प्रशंसाको

मान्छेहरू आफ्नो प्रशंसाको योग्य होस् या नहोस् तर आफ्नो प्रशंसा हुने बित्तिकै मक्ख पर्छन्। यो कुरो बुझ्नको लागि एउटा कथा सुन्नै पर्ने भो।
एक जना मूर्तिकार जो असाध्यै राम्रा मूर्तिहरू बनाउँथे, यिनका मूर्तिहरू यस्ता हुन्थे की मूर्ति नै बोल्ने जस्ता जीवन्त हुन्थे। यिनको समय आएको र यमराजले आफ्ना दूत पठाएको थाहा पाए पछि यिनी लुक्दै हिडेछन्। यिनी यस्तरी लुक्दै हिँडेछन्।
यिनी मूर्तिहरू कै बीचमा बसेर मूर्ति झै बनी रहँदा रैछन। दूतले जती कोसिस गरे पनि यिनलाई भेट्न सकेनछन्। त्यसपछि यमराजलाई गएर सब बेली विस्तार बताएछन्। यमराजले दूतलाई भनेछन् "यो मान्छे ले तिमीलाई बेबकुफ बनाई रहेको छ तिमीले यसलाई पकड्न बुद्दी लगाउनुपर्छ " बुझ्यौं
तिमी यिनले बनाएका मूर्तिहरू भए ठाउँमा जाऊ र "अहा कस्ता राम्रा मूर्तिहरू कसले बनाएको होला" भनेर भन्नु तिम्रो काम हुन्छ।
दूत यमराजले भने झै मूर्ति बनेका ठाउँमा गयो। तीन चार वटा एउटै मूर्ति भएको ठाउँमा गएर निकै बेर नियालेर "अहा कस्ता राम्रा मूर्तिहरू अहिले नै बोल्ला जस्तो, मूर्तिकारलाई भेट्न पाए मेरो जीवन धन्य हुने थियो"
यति भन्ने बित्तिकै साँच्चै नै मूर्तिहरू मध्ये एउटा मूर्ति मान्छे सल्बलायो र मान्छे झै उठेर बोल्यो "यो मूर्तिकार मै हो हजुर" भन्यो।
दूतलाई मान्छे चाहिएको थियो।तर जब यमराजले भने पछि उसले बुझ्यो "मान्छेहरू प्रशंसाका भोगी हुन्छन् "।

Saturday, December 5, 2020

कुरो कामको

हाउ यो बज्याले सिन्को भचेन् भनेर बाउले आमालाई कराउँथिन।कति कराउँछौ ए बुढा एक दिन त यसको पनि बुद्दी आउला र गर्ला नी केही।के गर्छ यसले,  यसको बिहे गर्दिनु पर्छ। त्यसपछि चाहिँ सप्रिएला कि।
बिर्खे बिचरो बाउ आमाको यी कुरा सुनेर " विरही माया अधुरो रह्यो बिर्सनु कसरी भन्ने गीत गाउन थाल्यो"
गीत गाएको सुनेर बाउ सुरिएर बिर्खे तिर आए र भने "
बाउले विहे गर्दैनन् नभन नी पछि केटि खोज्देको छु"

बिहे भो बिर्खेको।
भोलि पल्ट बिहान बुहारी रुन्चे अनुहार लिएर सासु ससुरालाई चिया लिएर गइन्।
हाउ के भो बुहारी सञ्चो भएन की क्या हो?
"खाट भाँच्यो"
अनि बिर्खे खै त?
"मक्किएका काठको खाट दिएछन् बिहेमा" भनेर मलाई उल्टै कराउनु भो।
बिर्खे, खाट के भएर भाँचियो त? बाउले सोधे
सधैं सिन्को भाचेन् भन्थ्यौ हैन मालाई
त्यै भएर खाट भाच्देको…..
बाउले लठ्ठी लिएर लखेटे 
बिर्खे यस्तरी दौड्यो की बाउले बिहान बोकेको लठ्ठीले बेलुका सम्म पछ्यायो।
बेलुका बाउले हानेको लठ्ठी समातेर बाउलाई भन्यो
"यो लठ्ठी मेरा लागि सिन्को हो"
यी भाचि दिए...
अब तिम्रो सिन्को भाच्दैन भन्ने बोली सुन्नु नपर्लनी....भोलि भोलि







Thursday, October 1, 2020

कुरो जिन्दगीको

जिन्दगी जिउने दुइटा तरिका छन्।
एक- दबिएर
दुई -दबाएर
कुरो सीधा र प्रष्ट छन्।
तपाईं दविई रहनु भएको छ या दबाई रहनु भएको छ।
कसैलाई या कसैबाट!

यसभित्र अरु कुरो धेरै छैनन्।
बस्
बाँकी यस्तो हुन सक्ला …
एक आशा
अर्को निराशा
या
डर ।
एक र दुई या अर्को बाहेकका कुरो जिन्दगीमा 
खतरनाक हुन्छन्।
समाप्त।

Thursday, July 30, 2020

कुरो: कम्प्युटर देखि कोरोना सम्मको

तोलाको  सात हजार हुँदा सुन किन्नेहरू अहिले लखपति भए, पचास हजारमा घडेरी जोड्नेहरू अहिले करोडपति भए, आफू अबको जमाना कम्प्यूटरको हो भनेर   उसबेलाको पचास हजार नगदमा कम्प्युटर ल्याएँ।
 उसबेलाको कम्प्युटर अहिले के काम? स्लो र ह्याङ। 
लात्ताले हानियो ड्याङ ड्याङ् । रिसले कन्सिरी ताते।
आँखा रसाए। गलेर झकाए।नेपथ्यमा कवाडी करायो।
आँखा खोलेर कवाडी बोलाए।
"भैया, कति आउँछ दाम?"
"वर्षों चलाएर हजुरले निकाल्नु भयो लाखौंको काम, अब यसको के आउँछ दाम? तीन सय दिन्छु...

तीन सय समाए। उबेलाको आफ्नो लगानी सम्झेर रनन भएँ, अनि त्यो  पैसोमा पचास रुपैया थपेर एक बोत्तल चिसो बियर पिए। एकक्षण शान्ति भयो।
कवाडी फेरि करायो "खालि सिसी पुरानो कागज"

बियरको खालि बोतल बेचेर चुना वाला खैनी पड्काए।त्यसका बाजे खैनिकोको धुलोले हाछ्युँ आयो।ज्यू तातेर जरो आयो। पैसो थिएन।त्यसले औषधि पसलबाट एकपातो सिटामोल बाँकीमा ल्याएँ।

जरो घटेन, घाँटी र जीउ दुख्न थाल्यो।

स्वाब जचाउँदा कोरोना पोजेटिभ पाएँ। सित्तैमा दिएको मास्क लाए। चौध दिन सम्म सरकारी जाउलो खाए।जरो आउन छाड्यो।बाँचियो भनेर बेस्सरी कराएँ।नाङ्लो पसल थापेर,  पूर्पुरो मा हात राखी मनमनै बर्बराए "आखिर मैले के बिराए" 😃😎

नोट: यो नितान्त काल्पनिक कथा हो।कसैको कुरो यसमा मिले सन्योग मात्र हुनेछ।

Tuesday, July 7, 2020

कुरो हिन्दिमा.....क्या हम गधा हैं?

  एक बार, एक राजा ने अपने एक बुद्धिमान रिश्तेदार से मौसम की भविष्यवाणी की प्रक्रिया के बारे में पूछा। चूंकि उन दिनों कोई आधुनिक तकनीक और साधन नहीं थे, इसलिए लोग आकाश और बादल की गति और कुछ अन्य यादृच्छिक प्रकार के अवैज्ञानिक और अतार्किक पूर्वानुमानों को देखते हुए मौसम का पूर्वानुमान लगाते थे।

रिश्तेदार ने राजा को सूचित किया कि उसने मौसम के बारे में बहुत सारे पूर्वानुमान लगाए हैं और हर बार उसका पूर्वानुमान सही निकला।

मौसम के पूर्वानुमान के बारे में जिस तरह से रिश्तेदार ने समझाया उससे राजा काफी प्रभावित हुए और इस रिश्तेदार को मौसम विज्ञान मंत्री बना दिया।

एक दिन, जैसा कि राजा शिकार पर जाना चाहता था, उसने मंत्री के साथ एक बैठक बुलाई और मौसम के पूर्वानुमान के लिए मंत्री से पूछा

मंत्री ने उनसे कहा कि वे विश्वास के साथ शिकार करें क्योंकि अगले सप्ताह तक बारिश नहीं होगी। राजा ने सारी व्यवस्था की और शिकार करने निकल गया।

शिकार के लिए राजा गए, रास्ते में, एक ग्रामीण ने राजा से कहा, "महाराज, शाम तक बारिश होगी इसलिए कृपया वापस महल में जाएं" चूंकि राजा को अपने बुद्धिमान मंत्री द्वारा शिकार के लिए जाने की सलाह दी गई थी, इसलिए शिकार पर जाने के लिए कोई बाधा नहीं थी l

ग्रामीणों ने जो कहा, उससे राजा संतुष्ट नहीं हुआ, वह क्रोधित हो गया, इसलिए उसने एक सौ उठने और बैठने की सजा दी और शिकार के लिए आगे बढ़ गया जैसे ही राजा जंगल की ओर जा रहा था, अचानक भारी बारिश हो गई।राजा ने दरबार में लौटकर मंत्री को बुलाया l मुझे लगा कि आप बुद्धिमान हैं और इसीलिए मैंने आपको मंत्री नियुक्त किया l
आप एक गरीब ग्रामीण से बुद्धिमान भी नहीं हो l वे आपसे ज्यादा स्मार्ट हैं l

मंत्री इतने भ्रमित थे कि उन्होंने जवाब में एक शब्द भी नहीं कहा l राजा ने कहा कि मैं आपको तुरंत मंत्री पद से हटा रहा हूं l
तब राजा ने ग्रामीण को बुलाया और उसे मंत्री बनाया। और पूछा कि वह मौसम के बारे में वास्तव में कैसे जानता है।जब उसने राजा को उत्तर दिया, तो उत्तर बहुत हास्यास्पद था l
ग्रामीण ने कहा, 'सरकार, मेरे घर में एक गधा है। जब भी उसके कान नीचे होते हैं, बारिश होती है, और अगर वे उठते हैं तो बारिश नहीं होती है!
'राजा ने महसूस किया और पाया कि यह बहुत सरल है l

मुझे मंत्री के रूप में गधे की नियुक्ति क्यों नहीं करनी चाहिए?
 

राजा ने ग्रामीण को हटा दिया और गधे को अपना मंत्री बना लिया।
😄😋

Friday, July 3, 2020

कुरो खाना को

यो खाए त्यो हुने , यो खानै नहुने , कतिपय पीडित मान्छेहरू यस्ता सुझाव सुनेर उल्टै रोगी होलान् भन्ने कुरो गफै मात्रै रहेन। के खाने भनेर सोच्नु पर्ने भो ....


धेरै सुनेको कुरो "तिन छाक खाने रोगी, दुइ छाक खाने भोगी , एक छाक खाने योगी " कुरोको बिषय यहि हो l अझ अर्को पनि छ "धेर खाइ मल थोर खाइ  बल" l  यहाँ गरिएका कुरा यिनै दुइ भनाइको वर्णन हो।
 
हाम्रो धर्म सस्कृति अनुसार जसले योग ( योग भनेको केवल शारीरिक अङ्ग आसन मात्र होइन) मानसिक आध्यामिक सबै लाई जोडेर अनुसासनमा बसी गरिने कर्म  हो l यस्तो अनुसासनमा बसी जिबन यापन गर्नेहरु योगी हुन् l योगीहरूको आहार सात्विक हुन्छ l 
योगको आध्यात्मिक मार्गको जीवन बिताउने व्यक्तिले दिनमा एक पटक खान्छन भनीन्छ।
तर एक छाक पनि नखाई बाँच्ने मान्छे छन् होला त?
प्राणायाम (breathing exercises) गरेर ऋषि मुनीहरु बाँच्थे रे भन्या सुनेको कुरो हो।
एउटा यस्तै उदाहरण यो हो।



हावा खाएर बाँच्ने भन्या त "हावा" कुरा नै होला।तर कति खाने भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरो होला।चाहिने भन्दा बढि खानु गलत गलत हो। तर आफ्नो कामको प्रकृति , जसमा खास गरि शारीरिक परिश्रम ज्यादा गर्नेलाई ज्यादा खाना अथवा क्यालोरीको जरूरत पर्ला। तर मिठो रैछ, खाउ न भनेर ज्यादा खानु वजन र मल त्याग बढाउनु मात्र हो।
ऋषिहरुले ५ हजार वर्षअघि सप्तचक्र (कुण्डलिनी शक्ति)चिनाइदिएका थिए. मे.साइन्समा २०औँ शताब्दीमा बल्ल तिनै बिन्दुनेर हर्मोन बनाउने इण्डोक्राइन ग्ल्याण्डहरु थाह भो. *Pineal,Pituitary,Thyroid,Pancreas,Adrenal,Thymus,Testes/Overies *सहश्रार,आज्ञा,विशुद्ध,अनाहत,मणिपूर,स्वाधिष्ठान,मूलाधार

खाने कुराको आवश्यकता समय अनुसार पनि व्याख्या गर्न सकिन्छ। जस्तो बिहान या दिउँसो खाने कुरो अलि बढी नै भए पनि दिनभरको शारीरिक क्रियाकलापका कारण पचेर जान्छ। तर साँझ या बेलुका खाएको खाना अधिक भए, शारीरिक क्रियाकलाप नहुँदा (खासगरी सुत्ने समय भएको हुनाले) वजन बढ्ने लगायत समस्या हुनसक्छ।


र अन्त्यमा निष्कर्ष निकाल्दै यो भनियो। धन्यबाद !!

Tuesday, May 26, 2020

कुरो दिल्लीका दरबानहरुको

यस्तै १९९३ तिर होला दिल्लीमा कति नेपाली छन् भनेर यसो सोध खोज गर्दै जादा  शनिबार आईतवार नेपाली फिल्म देखाउने फिल्म हल समेत पनि देखियो।
त्यसबेला नै दिल्लीमा लाखौँको संख्यामा नेपाली रहेको कुरो फिल्म हेर्न जाँदा सँगै बसेका नेपालीले बताए।सानातिना होटेलमा खान खान , चिया नास्ता गर्न जादा नेपालीमा कुरा हुन्थ्यो साथीहरु सँग l यसरी टेबलमा बसेर कुरा गरिरहेको बेला खाना सर्भ गर्ने केटाले तपाईहरु नेपाली हो भनेर सोध्थे l यहाँ सोध्थे भन्नाले धेरै होटेलमा यस्तो भएको हुनाले भनेको हो l यसै गरि अफिस , घर, दुकान इत्यादीमा सेक्युरिटीको ड्रेस सहित या ड्रेसै बिना पनि धेरै दरवानहरुलाई देखियो l यिनलाई बोलाउने प्रचलित नाम चाहिँ "बहादुर " हुदो रैछ l यस भन्दा बाहेक अरु धेरै बहादुर हरु "रेल्वे स्टेशन, बस स्ट्यान्ड , सानातिना ट्राभेल एजेन्सी , फ्याक्टी लगायतमा भेटिनु नौलो कुरो होइन l लाखौको संख्यामा रहेका मानिस हरेक क्षेत्रमा हुन् सक्छन l पढ्न  जाने नेपालीको संख्या पनि धेरै छ l म पनि पढ्न र पछी पनि अन्य कामहरुले दिल्ली गइरहे l कतिपय नेपालिहरू पैसा कमाएर ठाटले बसेका पनि रैछन l तिनीहरु मध्ये केहि त उतैको नागरिक पनि रैछन l 

इन्डियनहरुको नेपाली बारे आम धारणा चाहिँ के छ त।

म र तराई तिरको एक साथी थियौं। कलेजको वेलकम पार्टीमा।सँगै बसेको इन्डियन साथीले सोध्यो "नेपाल से होगे तो थापा हों? मैले हैन भने। उ अगाडि भन्दै गयो नेपाली नामौ में बीचका नाम बहादुर होता है ना?
मैले उसलाई केही कुरा सम्झाए जस्तै ब्राहृमण भए बीचको नाम प्रसाद, कुमार आदि हुन्छ क्षेत्रीय भए प्राय बीचको नाम बहादुर हुन्छ।
उ मेरो छेउमा बसेका मधेसी साथीलाई सोध्यो" यह तो किसी एँगल से नेपाली नहीं लगता है"
उसको कुरो बुझ्दा यस्तो लाग्थ्यो बहादुर नाममा हुनु पर्यो अनि अलिकति अनुहारमा मंगोलियन ढाचा, नेपाली हुनलाई। मैले उसलाई भने नेपाल भनेको हिमाल पहाड तराई मिलेर बनेको छ। भूगोल अनुसार नै मान्छेहरू फरक फरक हुन्छन्। जस्तोकी हिमाली भेगमा शेर्पा या शेर्पा जस्ता देखिने मान्छे बस्छन्।जुन चीन तिब्बती सिमानामा उत्तर तिर पर्छ। पहाडी भेगमा म जस्ता मान्छे बस्छन्। तराई भाग जुन इन्डियाको सिमानामा पर्छ, त्यहाँका मान्छे तिम्रो सोचाइ जस्तै यो साथी (मधेसी साथीलाई देखाउँदै) इन्डियन जस्ता हुन सक्छन्।
एक पटक रेल यात्राका दौरान सिराहा जिल्लाको यादव भाइसँग भेट भयो।मैले उसलाई के कामले इण्डिया आएको भनेर सोधे। उत्तरमा उसले कृषि मजदुरका रूपमा काम गर्ने कुरो बतायो। सिराहा जिल्ला नेपालको अलि बढी नै गरिबीले गाँजेको जिल्ला हो।उसले मलाई भ
उ सिजनल मजदुरका रूपमा मात्र पञ्जाब आउने कुरो बतायो।
तिमीलाई तिम्रो मालिकले के भनेर सम्बोधन गर्छ भनेर सोधे। जवाफमा उसले आफूलाई "बहादुर" भनेर सम्बोधन गर्ने कुरो बतायो। मैले उसलाई सोधें " तिमीलाई किन बहादुर भनेर बोलाएको होला? उत्तरमा उसले भन्यो  मालिकले "नेपाली लोग तो सब बहादुर होते हैन भन्छ"।मा यहाँ काम गर्न आएको काम पनि इमान्दारी र लगनशील भएर काम गर्छु। उसले मलाई प्रेम पूर्वक बहादुर भनेर बोलाएको राम्रो लाग्छ भनेर भन्यो।
तर यादव भाइलाई इन्डियामा कामगर्ने धेरै  नेपालीलाई  बहादुर' चौकीदार' दर्वान् इत्यादि भनेर बोलाउँछन् भन्ने  जानकारी नभएको देखें।
दिल्ली बसाईका दौरान धेरै इन्डियन मान्छे साथीभाइलाई नेपालको बारेमा सोधेको थिए। 
धेरैले भारतीय गोर्खा रेजिमेन्ट र तिनले लडेको युद्दमा देखाएको बहादुरीको सँग जोडेर व्याख्या गरे।कतिपयले हिन्दी फिल्ममा देखाएका चौकीदारी चरित्र तिर इंगित गरे।अलि बढी जानकारी राख्नेले पुरुषको मात्र हैन महिलाको कुरो पनि उठाए। यो सारै उदेक लाग्दो कुरो हो।नेपालको गरिबीको एउटा ज्वलन्त उदाहरण हो यो।
पुरुष बहादुर हुनु अनि महिला त्यसको पुरै विपरीत निरीह हुनु। यो कस्तो नियति हो? बहादुरहरु महिलालाई वस्तु सम्झेर बेची दिन्छन्।
बहादुरहरु वेश्यालयका दलाल बन्नु प्रमुख कारण, तिनीहरू विद्यालय नजानु , चेलीहरुलाई पनि नपठाउनु हो। सरकारले इनलाई शिक्षित बनाएर, रोजगारी दिलाएर  नेपाली चेलीहरुको भविष्य सुरक्षित पर्नुको विकल्प छैन।


Saturday, May 23, 2020

कुरो धोतिको

बुवाले हजुरबुवाको श्रद्धा गने भनेर अघिल्लो दिन एक छाकी बस्नु भो l भोलिपल्ट जुँगा दार्ही कपाल सब खुर्किएर नया धोति र कमिजमा श्रद्धाको कर्म बिधिबिधान अनुसार गराउने गुरु अगाडी बस्नुभयो l ति ब्राह्मणलाई बुवा लगायत  हामी सबै आदर पुर्बक गुरु  भन्थ्यौ l मलाई यो धोति भन्या आफुले नलाउने बुवाले पनि यस्तै  पुजा आजा र कर्म काण्डमा मात्रै लाउने हुनाले यो बस्त्रका बारेमा बुझ्न मन लाग्योl गुरु र बुवा दुबैका कुरा बुझ्दा यो त अति आदर पुर्बक लगाउने चोखो बस्त्र हो भन्नु भोl 
यसबीच मलाई खुब मनपर्ने गोपाल योंजनको एउटा गित रेडियोमा बज्योl  "खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लाज छोपिन्न" म झुक्दै नझुक्ने नेपालको छोरो ..................
मलाई त्यसपछि यो बस्त्रका बारेमा खुल्दुली भै रहयो l म तराई मै जन्मे हुर्केको मान्छे, तराइमा धोति कुर्ता गम्छा लगाएको धेरै देखेको छु l काठमाडौँ आए पछी पनि पहाडी ब्राह्मणले समेत धोति कुर्ता लगाएको देखेको छु l 
एक दिन एकजना माडवारी मित्रले फोन गरे " दाइ तपाइलाई भेट्नु थ्यो तर हेर्नुन इन्डिया बाट एउटा धोति आएको छ उसको लेक्चर अझै दुइ दिन छ ,त्यसपछि भेटौला "l एउटा बर्गलाई लक्षित गरि भनिने यो  शब्द मैले पैले पनि सुनेको थिए l तर यो धोति शब्द बास्तबमै के हो त भनेर गूगलमा खोज्दा मा अचम्मित भएl गूगल खोजमा त धेरै जस्तो  इंडिया र तराई मधेशका एक वर्गलाई भनिएका लिंकहरु मात्रै भेटिए l अझ गहिरो खोज गर्न आवस्यक देखे l 
हाम्रा पुस्ता  जो पैन्ट शर्टमा ठाटिन्छन , यिनका पिता पुर्खाले चाहिँ के लगाउथे?
"मागेको धोतिके मेरो लाज छोपिन्न" भनेर गोपाल योन्जनले किन भने ? के त्यो एउटा बिम्ब मात्र थियो ? उनले पाइन्ट , सुरुवाल वा अन्य कुनै बस्त्रको प्रयोग किन गरेनन ? मेरा बुवाले भलै  कर्मकाण्ड पुजापाठमा मात्रै लगाउनु भो तर किन लगाउनु भो? जजमानी कम गर्ने गुरु पुरोहितहरुले किन धोती कमीज लगाउछन? यी सबै तर्कले मलाई अझ गहन खोज गर्न प्रेरित गर्यो l   
अनि नेपाली इतिहास नै हेर्नु पर्ने भयो l यसका लागि इतिहासका चर्चित पत्राहरुले के बस्त्र पहिरिन्थे ? भन्ने खोज गर्नु पर्ने भयो l 
बिसे नगर्ची 
बिसे नगर्ची जसले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको उध्रिन लागेको सपना सिलाइदिएl जब जित गोरखाको भयो  सरदार दल्भंजन  बाहेक लमजुंगका महिधर समेत अरु सबै चौबिसिलाई बिसे नगर्चीको धोती टांगी धोतीमनि छिराएl
अन्य प्रसंगहरु 
ब्राम्हण जाती अन्तरगत पर्ने भएकोले पुरुषहरुले पुजाआजामा सेतो रङ्गको धोती र कमिज लगाउने चलन छl जति खोज्दा गए पनि सनातन हिन्र्दादु धर्ममा  धोतीलाई मर्दा  पर्दाको पवित्र बस्त्र भनेर उल्लेख गरेको पाइन्छ्l 
भगवान बिष्णुका बिभिन्न अवतर  , राम, कृष्ण आदिका तस्बिरहरू तपाईंका घरमा , पूजाकोठामा हुन सक्छन्। के तपाईंले नियालेर हेर्नु भएको छ।
पौराणिक ग्रन्थहरूमा राजा, महाराजा, ऋषिमुनि तथा आम मान्छेहरूले पनि धोती लगाएको उल्लेख गरिएको छ।रामायण महाभारत जस्ता टिभि सिरियलहरूमा पनि धोती नैं लगाएको देखिन्छ।
काठमाडौंलाई मन्दिरै मन्दिरको शहर भनेर पनि चिनिन्छ। मठ मन्दिरहरु हाम्रा आस्थाका केन्द्रबिन्दु हुन्।मन्दिर सम्झँद भगवतीको मूर्ति,  टुपी पालेको, जनै पहिरेको, धोती लगाएको, सात्विक भोजन लिने बाहुन पुजारीको तस्बिर मानस्पटलमा आउँछ।

गोरखाको माई भगवती मन्दिरमा दशैँ को फूलपातीमा धोती र गादो लगाएर हतियार सहितको यात्राका क्रममा १ राँगो र १ बोकाको बलि दिने प्रचलन छ 

केही समय अगाडि अन्नपूर्ण पोस्टमा यस्तो पनि पढ्न पाइयो "भुवन चालिसे (२७) दिनभरिको अन्य काम सकाएर हरेक साँझ पशुपति आउँछन्। लगाएको पाइन्ट, टिसर्ट सर्लक्क खोलेर ब्यागमा कोच्छन् र धोती, दुपट्टा, भोटोमा सजिन्छन्। उनी स्पोर्ट्स सुज र मोजा फुकालेर खाली खुट्टा आरतीमा बस्छन्"

बारह खरीमा प्रकाशित एक पुरेत्याइँ गर्ने छोरो भन्छन्।

"बाले जस्तै मैले पनि सानो छँदा धोती लगाउँथें । मन्दिरमा चढाएको सेतो, पहेंलो जस्तो कपडा हुन्छ, त्यसलाई कम्मरमा बेरेपछि धोती भइहाल्यो । सजिलो पनि, किन्नु पनि नपर्ने 
मैले बाहुनको धोती, थर, टुप्पी, जनै त पहिले नै काटिसकेको थिएँ । बाँकी भएको एकमात्र चिनो मेरो त्यो तिखो नाक चक्कुले काट्न त सकिनँ तर लोकसेवामा फेल भएर काटें"
अर्को समाचार
"२०६८ चैत २६ गतेदेखि गत पुस मसान्तसम्म मन्दिरमा चढाइएका लत्ताकपडाको विवरणअनुसार २ हजार ४ सय ६ थान धोती, १ हजार २ सय ७३ थान साडी, १ हजार २ सय ९० पिस कपडा, २ सय ४६ वटा गन्जी, १ हजार ४ सय १२ पिस प्लाउज कपडा र १९ जोर मोजालगायतका सामान छन् । कोषका अनुसार यो अवधिमा १ सय ७१ ग्राम सुन र १४ किलो ८ सय ९० ग्राम चाँदी पनि संकलन भएको छ "
यस समाचार अनुसार पशुपति मन्दिरमा चढाउने प्रमुख वस्तुहरुमा धोती पनि आउने रैछ।
साउथ इन्डिया
साउथ इन्डियामा धोतीलाई पहिरनको प्रमुख बस्त्र मानिन्छ। झन् पूजाआजामा त यो ना भई हुँदैन।
२०४३ सालमा तत्कालिन राजा सार्क शिखर सम्मेलनमा भागलिन भारतको बैंगलोर गएका थिए। त्यति बेला राजारानी तिरुपति बालाजी मन्दिर दर्शन गर्न गए। पूजाको चाँजोपाँजो पनि मिलाउन राजदूतलाई भनेको रहेछ। दर्शन पश्च्यात पुजोको कुरो चल्यो। पूजा गर्न छुट्टै मण्डम बनाउनु पर्ने धोती लगाउँनु पर्ने कुरो आए। तर त्यसबेला पर्याप्त तयारी नभएको भन्दै रानी ऐश्वर्याले राजदूत लगायतलाई गाली गर्दै दर्शन मात्र गरेर फर्किए।
पहाडी बाहुन भेर्सेस मधेशी (मैथली) बाहुन
बर्षो अघि सप्तरीको तिलाठी गएको थिए l त्यहाँ एक रत बसे पनि l तर त्यतिबेला यस गाउ लाई नेपालकै पूर्ण साक्षर र धेरै पढेका गाउको रुपमा जानिथ्यो l सायद यो अझै पनि होला l यहाँ डाक्टर , एन्जिनिअर् , विभिन्न विषयका प्राबिधिक र बिज्ञ थिए l मैले त्यस बखत गरेको अनुभब अनुसार मैथिली  र पहाडे ब्रम्हाण्डले  गर्ने पुजा  आजा , मन्त्र प्रक्रिया आदिमा केहि भिन्नता पाइन् l अनुहारका बनावटमा पनि झा, मिश्र लगायतमा धेरै भिन्नता देखिन l भाषा र पहिरनमा चाहिँ केहि भिन्नता थीयो l 
 कब् किन भन्छन त पहाडे खस पर्वते बाहुनहरुले 
 
यसलाई नस्लाभेदी रुपमा प्रयोग गर्नु आफैलाई गिराउनु हो  किनकी धोति हाम्रा पितापुर्खा हरुकै पहिरन हो l यसलाई रेसिज्ममा जोड्नु खासगरी खस ब्रह्माण्डहरुको  पाखण्डी सोच हो l  मैले "  धोति न टोपी " भन्ने वाक्य सुनेको छु l यसको मतलब इज्जत र बुद्धि भन्ने बुझाउछ l  त्यसैले इज्जत जोगाउन बुद्दी लगाउ l  आफ्नो बेइज्जत आ फ्फै नगरौl 
धन्यवाद !!

Sunday, April 12, 2020

कुरो टिभी को

मोबाइलमा नै संसारकै  टिभी च्यानल तथा लाइभ इभेन्ट र नया पुराना जुनसुकै भाषाका फिल्म कसरि हेर्ने? अनि यो सहि र सम्भव कुरो हो त ?


हो सम्भव छ।

पैसो कति लाग्छ नि ?

लाग्दैन सित्तैमा हो।  
कुरो बुझ्नुस पैले अनि आनन्दले जे जे मन लाग्छ त्यै त्यै हेर्नुस हेर्नुस ।

लौ कुरो यस्तो हो।

एक क्षण सोच्नुस त आज भन्दा करिब तिस बर्ष अघि सम्म मान्छेहरु रेडियोको कान  बटारेर बिबिध भारती, रेडियो सिलोन,आकाशबाणी, बिबिसीका इंगलिस, हिन्दि र नेपाली स्टेसनहरुमा गित संगीत तथा समाचारहरु सुन्थे। त्यो पनि आवाज क्लियर नआएर एरिअल तान्थे अनि दया बया तल माथि घुमाउथे। तै पनि आवाज क्लियर आएन भने हैरान भएर खाई खुइ गर्थे।
जसो तसो त्यो जमाना गुज्रियो। टिभी त्यै पनि ब्ल्याक एंड व्हाइट आयो रामायण महाभारत तथा समाचार,फिल्म , टेलीसिरियल आउँ थाले। हेर्नेको भिडले घरै भरिन्थ्यो। एन्टिना घुमाएर आयो भनेर गाउ नै थर्कने गरि कराउथे।
कलर टिभी आयो मान्छेहरु टिभी प्रति झन् तानिए। मनोरन्जनको प्रमुख बस्तु टिभी भयो। फिल्म हलमा जाने क्रम घटना थाल्यो। मान्छेहरु कुन च्यानल बाट कुन फिल्म आउदैछ भनेर च्यानल बदल्न थाले। हेर्दा हेर्दै एन्टिना घुमाएर र नोब बटारेर चल्ने टिभी केबुल र सेटलाइट रिसिभर बाट चल्न थाले।
सेटलाइट रिसिभरका छाता देखिन थाले।CRT मोनिटर (स्क्रिन) भएका ठुल ठुला टिभीहरु ससाना पातला LCD ले बिस्थापित गर्यो।
टिभीको यो यात्रा चली रहदा मोबाइल फोनले दुनिया चलाउन थाल्यो। के के गर्दैन र यो मोबाइलले अचम्म लाग्ने काम देखि पत्याउन नै नसकिने काम गर्न थाल्यो।धेरै कुरो नगरी लौ आउनुस मोबाइल मै सबैथोक हेर्ने कुरो गरौ।यो मोबाइल एप डाउनलोड गरौ ।



यो एप डाउनलोड गरेर इन्स्टल गर्नुहोस्। च्यानल क्लिक गरे पछी प्ले स्टोरको बिज्ञापन पनि आउन सक्छ।स्किप गर्नु होला।यो एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुस 
  





माथि दिएका यस एपका केहि उदाहरणहरु हुन् डाउनलोड र इन्स्टलेसनमा केहि समस्या भएमा कमेन्ट गर्नु होला।हातमा भएको मोबाइलमा संसार हेर्नुस।ज्ञान बढाउनुस,बाड्नुस।
यो पोस्ट २०२० को कोविड-१९ कोरोना भाइरस लकडाउनको समयमा लेखिएको हो।

 Click here to download the app


Saturday, January 25, 2020

कुरो इन्टरनेट स्पीडको

इन्टर्नेट सेवा प्रदायक (ISPs) ले "उच्च गतिको इन्टर्नेट" को बारेमा विज्ञापन गर्दछन , तर जब तपाइँ आफ्नै इन्टरनेट जडानहरू हेर्नुहुन्छ, डाउनलोड गति विज्ञापन गरिएको  तुलनामा निकै कम देखिन्छ। त्यसो भए तपाईको ISP ले  वास्तवमा "Connection Speed "  के भन्न खोजेको हो? के "कनेक्शन स्पीड" "डाउनलोड स्पीड" भन्दा बिलकुलै फरक कुरो हो ?
मानिसहरू अक्सर डाउनलोड गति र जडान गति बारे भ्रमित छन् ।मान्नुहोस्,  तपाइँसँग १ MBS इन्टर्नेट जडान गरिएको छ। यो गतिमा , तपाईं प्रति सेकंड १ एमबीको दरमा फाईलहरू डाउनलोड गर्ने अपेक्षा गर्न सक्नुहुनेछ, तर जब तपाईं वास्तवमै फाईल डाउनलोड गर्नुहुन्छ, डाउनलोड गति केवल १०० - १२० केबी प्रति सेकेन्ड सम्म पुग्छ। त्यसो भए  कुरो के हो त ? 
यदि जडान गति र डाउनलोड गति एकै र उस्तै हो भने, तब  हामीले उस्तै गति पाउनु पर्ने हो ।  वास्तवमा, जडान र डाउनलोड गति दुई फरक एकाइहरूमा मापन गरिन्छ , यद्यपि यी मापनहरूले समान कुरालाई जनाउने भए पनि उनीहरूको व्याख्या गरिएको मान एकदम भिन्न हुन्छ।
जडान गति (वा इन्टर्नेट ब्यान्डविथ) भन्नाले तपाईंको ISP द्वारा प्रदान गरिएको कनेक्शनको कच्चा डाटा स्थानान्तरण दरलाई जनाउँछ। 
जडान गतिको एकाई ( Unit used for Connection Speed:) : केबीपीएस (प्रति सेकेन्ड किलोबिट), एमबीपीएस (प्रति सेकेन्ड), जीपीएस (गिगाबिट प्रति सेकेन्ड) र यस्तै… 
अर्कोतर्फ, जब हामी इन्टरनेटबाट फाईलहरू डाउनलोड गर्छौं, उही डाटा ट्रान्सफर रेटको व्याख्या गरिन्छ, डाउनलोड स्पीड को रूपमा। 
तर डाउनलोड स्पीडका इकाई (Unit used for Download Speed): KBps (Kilobyte प्रति सेकेन्ड), MBps (मेगाबाइट प्रति सेकेन्ड) र यस्तै........


यदि तपाईंले इन्टरनेट प्याकेज लिदै हुनु/भएको छ वा भण्डारण (pen, hard drive etc.) किन्दै हुनु  हुन्छ  भने, तपाईं पहिले बिट / बाइट बारेमा जान्ने पर्ने हुन्छ । जसले कम्प्यूटर प्रयोग गर्दछ उसले कम्तिमा आफूलाई यी एकाई बारेमा परिचित गर्नुपर्दछ। आखिर, कुरो चाही  किलोमिटर र माईल बीचको भिन्नता थाहा पाउनु जस्तै  हो!

अब एक पटक यो टेबल हेरौ l
अब यसका एकाई हरु हेरौ l 


अब  तलको को उदारण हेरौ ल !एउटा 25 मेगा बीआईटी प्रति सेकेन्डको इन्टरनेट कनेक्सनले , एक सेकेन्डमा कुल 12.125 मेगा BYTES (MB) डाउनलोड गर्न सक्दछ। यो जडान सामान्य इन्टरनेट प्रयोगको लागि उत्तम हुन्छ जस्तै ईमेलहरू जाँच गर्ने / वेब ब्राउज गर्ने , स्ट्रिमिंग संगीत, विडियो , गेम आदि।





आशा गर्दछु मैले केहि कुरो बुझिने गरि गरे l तपाई पनि कम्न्यपुटरको स्पीड नाप्न चाहनु हुन्छ भने क्र्पया यहाँ क्लिक गर्नुस l

धन्यवाद 

कुरो कम्पूटरको

कम्पुटर स्लो भएमा वा ह्यांग भएमा windows key + R थीचेर रनमा  तल दिएका कमांड टाइप गरी इंटर की दबाउने l त्यसपछि सबै सेलेक्ट गरेर डिलीट गर्दीने l




माथि लेखिएका डिलीट गर्दा ध्यान  दिनु होला l तल लेखिएका गर्न खासै  ध्यान  दिनु पर्दैन l

%Temp%
temp
prefetch
tree

 यति गरि सके पछी कम्पुटर री स्टार्ट गर्नु होला l यस पछी सीक्लिनर प्रयोग गरेर पनि अझ बढी जंक तथा टेम्प फाइल हटाउन सक्नु हुनेछ l सीक्लिनर बाट रजिस्ट्री का इस्सु हरु पनि हटाउन सक्नु हुनेछ l
एक पटक यी सब गरेर त हेर्नुस ...........

Tuesday, November 19, 2019

कुरो कर्म को

कुवाको पानी सबै बालीहरुमा एउटै लाग्छ।
तर पनि 
करेला तीतो 
बएर मीठो
र, 
तित्री (इम्लि) अमिलो हुन्छ।
के यो दोष पानीको हो त?
हैन
यो दोष पानीको होइन, तर बीउको हो।
त्यसै गरि
भगवान सबैका लागि बराबर हुन
तर दोष कर्मको  हो .. !

कुरो रीसको

रिस सबैलाई उठ्छ।मानव चोलमा रिस नउठ्ने को नहोला।तर यसलाई बसमा राख्ने मान्छे साच्चै नै सफल मान्छे हुन। भगवन बुद्द जस्तो एका तिर गाला पड्काउदा लाै अर्कोमा पनि पड्काउ भन्ने मान्छे कहि नहोलान। भए त भगवान नै भइ हाल्लान नि भगवान बुद्द जस्तै। मान्छे यस्तो प्रा‍णी हो जस्ले आफ्नो मन मस्तिष्कमा परेको प्रभाव लाई कुनै न कुनै रूपमा प्रकट गर्दछ।त्यो प्रतिक्रिया बोली, हाउ भाउ, अनुहार, शरीर जस्ता मध्याम बाट प्रकट हुन्छन।प्रकट नभए मानव मन मस्तिष्कमा नराम्रो सग अल्झिन्छन।ब्यथाका रूपमा बल्झन्छन।
तर यी अल्झने र बल्झने कुरो तब मात्रै आउछन जब मान्छे मनले होइन मस्तिष्कले जिउछन।
कसैले रिसलाई दबाएर पचाइदिन्छन। कसैले उठाएर पहाड् बनाइदिन्छन।
हुन त नेपालीमा एउटा भनाइ पनि छ। "इख नभएको मान्छे र बिख नभएको सर्पको काम छैन"  
तर यो भनाइले इङ्गित गरेको कुरो चाहिँ रिसलाई बुद्धिमानी पुर्बक ब्यबस्थापन गरि कर्मले उत्तर दिने भन्ने बुझिन्छ। 
बिना तर्कको जवाफ् फर्काउनु, सुन्न कम बोल्न धेरै हतारिनु, बोलिमा मिठासको कमि हुनु , ठुला ठुला स्वरमा बोल्नु आदि कुरोले रिस उठाउने परिस्थिति ल्याउछ।
तर ठुलो प्रश्न "रिस कसरी पचाउने त"
के भगवान बुद्द नै बन्नु पर्ला त?
उत्तर सजिलो पनि छैन।
र त्यति बोझिलो पनि छैन। 
मेरो बुझाइमा जहाँ रिस उठाउने कुरा हुन्छन त्यस्को आभाष मान्छेलाई पहिले नै हुन्छ। प्रतिशोध र प्रतिस्पर्धा , मान पदबी, साधन श्रोत, धन दौलत, सुझ बुझ आदि कुरोले मान्छेलाई  अन्धो बनाएर पाखुरा सुर्कने बनाउछ। 
तर पाखुरा नसुर्की कमिजका टाक लगाएर भलद्मी बनेर नमस्कार हजुर भने त सक्कीगोनि त।
त्यसैले बुद्द त बन्न न सकिएला भलाद्मी त बन्न सकिएला नि त। 
र अन्त्यमा कतै भेटिएको यस्तो कुरो तिर लाग्नु पर्ला जस्तो देखियो। 
I’m at that stage of my life where i keep myself out of arguments even if you tell me 1+1=5 you’re absolutely correct, enjoy 

जय होस।

Saturday, November 16, 2019

भाषाका कुरा

हाम्रो भाषामा हाम्रै हमला ?

चीया पानी जस्ता तरल पदार्थ खाने होइन पिउने हो।भात रोटी जस्ता चीज पनि पकाउने हैन चामल पिठो पकाउने हो।त्यसै गरी चुरोट पनि खाने नभई कन पिउने हो।
त्यसै गरी हाम्रा चलन चलतीका केही शब्दहरु उदारहण सहित प्रस्तुत गर्दछु।
निजी आबसिय स्कूल , जून अंग्रेजी माध्यममा पढाई हुन्छ तिनलाई बोर्डिंग स्कूल नभनी बोर्डिंग मात्र भनिन्छ।
सुक्ष्म बस,जसमा बसेर यात्रुहरु यात्रा गर्छन् त्यसलाई माइक्रो भनिन्छ जबकि त्यसलाई माइक्रो बस भन्नु पर्ने हो।
शिक्षण अस्पताल जसलाई जसलाई अंग्रेजीमा टीचिंग अस्पताल भनिन्छ, काठमांडूमा टीचिंग भन्ने शब्दले महाराजगंज स्तिथ शिक्षण अस्पताल बुझछन सबैले।शिक्षण अस्पताल अर्थात टीचिंग हॉस्पिटल त डाक्टरी पढ़ाउने सब्बै शिक्षण सस्थानमा हुन्छन।तर जोरपाटिको नेपाल मेडिकल कलेज लाई टीचिंग भनिदैन।

केही शब्दहरु जून हामीले सुनेका छौ।


अम्ला=औला
भई=भुई
भईचालो=भुईचालो=भैचालो
एक्सराइ=एक्सरे
लाबर=रबर
बमिट=भोमिट
दोकान=दुकान=पसल
सन्तला=सन्तोला
कागज=कागत
ब्रतबन्ध=बर्तमन
बज्यै =बजै , बजइ








Friday, November 15, 2019

कुरो: नेपालीमा कसरी लेख्नेको?


नेपालीमा लेख्न धेरै तरिका होलान l खासगरी कम्पुटरमा नेपालीमा लेख्न त्यति सजिलो छैन l टाइपराइटर जस्तो  किबोर्ड बाट त् लेख्न झनै गार्हो होला l

Saturday, November 9, 2019

कुरो saying "YES" को


Two fighters took the case to the mayor. The mayor started listening seriously. Listening to the first, he said - You're right! Now another has said. The mayor even told him- You're also right! Other people asked - how can this happen? How are both right? The mayor also told him -You're so right!

Saturday, September 21, 2019

कुरो सजिलो र गार्होको

भनिछ दुनियाँमा कुनै पनि काम गह्रौ हुदैन।
सुन्दा लाग्छ यो सहि हो।तर आज आचनक यस्तो कुरो याद आयो जहाँ हर मान्छे अरुका बरेमा सजिलै बोलिदिन्छन।अझ मौका परे सल्लाह पनि दिन्छन।
संसारमा सित्तैमा पाउने केही कुरो छ भने त्यो तपाईंको कुरो सुनेर यसो गर्नुस भनेर दिने सल्लाह हो।
यो तुरुन्तै पाइन्छ अनि सित्तैमा पाइन्छ।केही कुरो सहि ठाउमा भन्दा सहि हुन्छ।जस्ले सुनिदिन्छन।नभए तपाईंका कुरा असी प्रतिसत मान्छेले एक कानले सुनेर अर्को कानले उडाउछन।बाकी बीस प्रतिशतले बिचारा कठै बरा सम्म भन्लान्।
दुनियाँमा सबैभन्दा सजिलो काम कसैका बारेमा बोल्ने या मूल्याकंन गर्ने हो।अनि सबै भन्दा गार्हो काम चाहिँ सहि मूल्याकंन गर्ने हो।

Friday, August 16, 2019

मन छुने कुरो

आखें तालाब नहीं, फिर भी, भर आती है
दुश्मनी बीज नहीं, फिर भी, बोई जाती है

होठ कपड़ा नहीं, फिर भी, सिल जाते है
किस्मत सखी नहीं, फिर भी, रूठ जाती है

बुद्धि लोहा नहीं, फिर भी, ज़ंग लग जाती है है आत्मसम्मान शरीर नहीं, फिर भी, घायल हो जाता है इंसान मौसम नहीं, फिर भी, बदल जाता है।
अज्ञात

Friday, July 26, 2019

कुरो कामको, जागीरको

एक निजी कम्पनीको कारिन्दा
सधै सोच्थ्यो, आफ्नो मालीकको भलो।मन लग्गएर काम गर्थ्यो।उसलाई लाग्थ्यो
यो शहरको धेरै भोक , रोग र अभावको ईश्वर हो मेरो मालिक ।
एकदिन उसले मालिकसँग भन्यो - सर, हजुर मेरो लागि ईश्वर हो ।हजुरकै वरदान हो यो जीवन ।यसपाली जन्मदिन धुमधामले मनाउँछु ।छुट्टी दिए अझ आभरी हुने थिए।
मालिकले भन्यो "मेरो कृपाले तिमी धेरै वर्ष बाँच्छौ।
आजकल धेरै काम छ, अर्को वर्ष मनाउनु जन्मदिन, हुन्न"?
उस्ले मालिकको कुरा मान्यो र "हुन्छ"भन्यो। मालिकले कुनै न कुनै दिन दया गर्ला भन्ने उस्को मनमा थियो।
त्यसैले उ धैर्य गरेर बसि रह्यो।
केही समय पछि
उस्ले एकदिन मालिकसँग बिन्ती गर्‍यो  - सर, हजुर ईश्वरको पनि ईश्वर हुनुहुन्छ।कृपया मलाई  दया गर्दिनुस नितान्त एक्लो अनुभब गर्छु। घर बसाउन प्रेमिकासँग बिहे गर्नुपर्यो।मलाई बिदा दिनुस् मालिकले भन्यो " लगनहरू आउँछन् यो बर्ष धेरै काम छ, अर्को बर्ष
कुनै लगनमा बिहे गर"।

उस्ले कुरो काट्न सकेन र हुन्छ भन्यो ।
त्यसपछि पनि उस्ले धेरै जन्म दिन, घुमफिर र बिबाह लगायतका लागि छुट्टि मागी रह्यो।
तर कहिल्यै छुट्टी पाएन उस्ले।धेरै धैर्य गरेर पनि छुट्टी नपाए पछि एकदिन हिम्मत जुटाएर मालिकलाई भन्यो
"
म जिन्दगीसँग औधी थाकेँ सर , हजुरले मेरा भोक र अभावहरू टारिदिनुभयो धन्य छ हजुरलाई ।
अब मलाई मर्नु बाहेक कुनै बिकल्प रहेन।

अब मलाई मर्न दिनुस् सर।
मलिकले तुरुन्तै  भन्यो " ठिक छ आज थुप्रै काम छ सप्पै सक र भोलि मर" ।

Thursday, July 18, 2019

हाम्रो केही हुँदैन

बादल चम्किन्छन गर्जिन्छन बर्सिन्छन।तर तिनीहरु कहिल्यै नुहाउनेदैनन । खोला नाला र सारा जगतलाई सफा गर्दिन्छन।रुख बिरुवा फल र फुल फुलाउछन बोक्छन।सारा जगतलाई दिन्छन।
मान्छेमात्र त्यस्ता हुन, जो सधै मेरो मेरो भनी कुर्लन्छन।
आखिर त्यो क्षणीक हो भन्ने बिर्स्न्छन।
बास्तबमा हाम्रो केही पनि हुन्न।

Friday, June 28, 2019

कुरो यस्तो पनि

आमाले छोरालाई बारीबाट एउटा ठूलो मुला उखेलेर ल्याउन भन्नुभएछ।
छोरोले धेरैबेर लगाएर एउटा ठूलो मुला ल्याएछ ।

एकछिनमा आमा बारीमा जाँदा त सप्पै मुला उखेलिएका देखेर आमा चकित हुनुभएछ ।

के गर्या बाबु तैले यो?

तपाईंले ठुलो मुला ल्याउनु भन्नू भो।
तै भएर.....

भएछ के भने छोराले सबै मुला उखेलेर इन्चिटेपले नापेर सब्से ठूलो मुला लगेको रहेछ ।

के भन्ने .......

Tuesday, February 26, 2019

कुरो मान्छे कै

सबभन्दा ख़राब ती हुन जो आफुलाई एउटा सम्झन्छन तर अर्कै रूपमा प्रस्तुत हुन्छन । अर्काको सुन्छन अणि लात्तीले हानेर तपाईका लागि रुन्छन।-:)

कुरा मान्छेका

केहि मान्छेहरु आटेर बोल्छन केहि ढाटेर ।
केहि कुरालाई बाटेर
केहिले छाटेर
आटेर बोल्ने अघि बढ्छन
ढाटेर बोल्ने पछि।
बाटेर बोल्ने बिलाउछन
छाटेर बोल्नेले छिर्के लगाउछन ।

#कुरो

कुरो लघु कथाको


जग्गा बेचेर उता ग्रीन कार्ड रक्सी र यौनको उन्माद। श्रीमती हेर्दा हेर्दै सयौं पोइला गै।
बच्चा कस्को हो ब्याइ।
नाता,धर्म,संस्कृती बेहाल बनाई सधै "ब्याड -गाई" न रह्यो घर न जमिन।
यता आउदा घर र जमिन अर्बौं भएछ तर सब अर्कैको रहेछ उर्जा, समय र कमाई ब्यर्थ गएछ।
सहि छ?
#कथा

कुरा अनाैठा मान्छेका

सेतो कालो बिभिन्न रंगका कोट।

सींग जुरो पलाएका पृथक प्राणी। 


कैले मान्छेका कैले देशका ढड नसो खुस्कॉउछन।
यी कोटहरू नकहिल्यै कानूनी राज्य मान्छन। 


नकहिल्यै आफ्नो ल्याकतले कमाएर खान्छन। गरीखानेलाई झण्डा थमाउछन।
त्यै झंडाको डंडा निकली खाडी तीर धपाउछन।
देश स्वर्ग बन्दैछ !!


कथा बिदेशको

कसैका लागि तोरी कसैको लागि लाहुरे
"तोरी लाहुरे"
जब सम्म तोरीले देश चलाउछन
लाहुरेहरु
बॉसको टुसा झै पलाईरहन्छन !!

अम्रीका जान्छस?
धेरैले हात उठाउछन।
उतैको नाग्रिता लिन्छस? दुबै हात उठाउछन ।
देशको माया लाग्छ?
असाध्यै.. ...
त्यसो भा एतै बस्ने?
के गर्नु उता गाडिको, घरको, श्रीमतीको ऋण तिर्नु छ। अब के गर्ने त?
उताको नग्रिता फिर्ता गर्ने.. जन्ताले धरै मन पराए

कथा
hyprocites everywhere ;)

श्रीमती धरै कमाउथीन।
तर उन्का श्रीमान देश भन्दा अरु केही नसोच्ने, खाली देशको माया लाग्ने। तिरौला भनेर श्रीमतीको ऋण स्वीकारे। अनी, देश आए श्रीमतीले कल गरेर हैरान पारीन। लोग्नेको मायाले हैन। मेरो पैसो लेउ भनेर। कथा हो हजूर। कसैको बास्तविक जीबनमा मिलेमा क्षमा चाहन्छु।

तीनी "फिरंगी" परिन, नीलो आँखा,सेतो कपाल भएकी। इनलाई स्यालरी कसैले नदिने। काम गरेपो दिने त्यसैले उनी संकीएर दुबैको झगड़ा पर्यो। कुरो बढ्दै गो.. झन्किए सी रेसिज्मको कुरो बीचमा आयो। रंकिएर सी तीनी देश फर्किए।

Saturday, July 29, 2017

कुरों भुडिको

सानै देखी भुडिका बारेमा धेरै सुनियो। अहिले सम्झदा ति सुनेका कूरा कति राम्रै सुन्या रैछ कति नराम्रा पनि सुन्या रैछ भन्ने निष्कर्षमा पुगेर यो भुडीका कूरा लेख्ने जमर्को गरियो।
अक्सर पुरातन सोच भएका बूढा बूढी अझ पनि मोटाएछौ कस्तो राम्रो देखिएको भुड़ी पनि लागेछ भन्ने गर्छन।यस्ता कॉम्प्लिमेंट सुनेर मख्ख परी भुडी मुसार्ने पनि प्रसस्तै भेटिन्छन।तिनै भुडिहरु यसरी भुड़ी बढ्नु रोगको कारक भएको थाहा पाए पछि भुड़ी मुसार्न छोडेर अब यो भुड़ी कसरी घटाउने भनेर भबुक भएका उदाहरण पनि भेटिन्छन।पानी मात्रै पिउदा पनि भुड़ी घटेन भनेर सुनाउने आफन्त र साथीहरु पनि भेटिन्छन।

आजकल भुडीहरु धेरै पीडित देखिन्छन।सायद इनका भुडिम भन्दा दिमाग तीर धेरै आहार पुग्न थालेर होला।भुडीहरु गूगल तीर गएर तिनका आकर कसरी घटाउने भनेर खोज्ने धेरै भेटिन्छन भन्ने सजिलै बुझ्न सकिन्छ। गूगलमा कसरी घटाउने भन्दा प्रेडिक्शनमा आउने पेट शब्दले यो कुरालाई पुष्टि गर्दछ।
लाख़ौका औषधि उपचार, साधन, यन्त्र, ब्यायम लगायतका उपाय भेटिन्छन त्याता। त्यसै गरी टीभी च्यानलतीर  देखिने पेट घटाउने , ग्रीन टी, ब्यायम गर्ने मेसिनहरु धमाधम किनी भुड़ी घटाउनेको जमात पनि कम छैन होला।

  
भनीन्छ अक्शर सबै बीमारिको जड़ भुड़ी नै हो। कोची कोची खाने, थपि थपि खाने, जिम जाने, सिक्स प्याक बनाउने, ग्यास्ट्रिक भयो भनी टाउको कन्याउने सबका सब पीड़ित छन।
ग्यास्ट्रिकका गोली खादा खादा वाक्क भएर विरक्तिएका भुड़ीहरु यो खादा पनि भएन उ खादा पनि भएन के गर्ने भन्दै बर्बराएको सुन्नु कुनै अनाैठो कुरो होइन।

Monday, July 4, 2016

why should you smile? (हास्नु किन पर्छ ?)


हास्नु अनि मुस्कुराउनु 


मुस्कुराउनु किन ?

मुस्कुराउनु किनकी यो जोबन दुइ दिनको हो !!

फाइदा क्या काइदाका ..........................!!!

   "It seems that it's absolutely true that 'laugh and the whole world laughs with you,"  
It’s not easy to keep smiling in stressful situations but it recovers you from a stressful situation,  
endorphins create a sense of euphoria or well-being, which makes you comfortable from all angle and elevates your mood

 smile makes you beautiful and younger



Laughter is the Best Medicine 


  Simply smiling can make you seem much more approachable and inviting.


"Your smile will give you a positive countenance that will make people feel comfortable around you." - Les Brown


You should smile for no reason and give someone a reason to smile






It has been concluded from several studies that smile can lowers the heart beat rate

 If smile can bring all above 9 points then , it is confirm that it brings success , Because all 9 point are keys  to success 










Good luck.
Let the smile bring all kind of happiness